बुटवल,कात्तिक २७-
चौतारी फिल्म्सको प्रस्तुतिमा पन्चेबाजामा सजिएको चोखो माया संगै लाउला बोलको गीत सार्बजनिक भएको छ । कोरोना कहरको बिचमा छायांकन र सम्पादन भएको गीतलाई गायक तथा सर्जक चन्द्र महतले सृजना गरेका हुन्।
गायिका कमला पोख्रेलसंग सुमधुर आवाज दिएका गायक तथा सर्जक चन्द्र महतले पन्चेबाजाको कोसेली दर्शक सामु युट्युबमार्फत पस्केका हुन्।
बुटवलमा एक कार्यक्रम गरि रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका निबर्तमान अध्यक्ष् दिपक गरौजा मगरले गीत बिमोचन गर्नु भएको हो। गरौजाले लोक संगीतको क्षेत्रमा एउटा सर्जकले इट्टाथप्ने काम गर्नुभएको मा धन्यबाद दिनुभयो ।प्रेमभित्रको बेदनालाई स्थानदिइएको सो गीतमा बिहे अघिको प्रेम सफल नभएपछिको मार्मिक दृश्य देखाइएको छ ।
सो कार्यक्रममा स्पान ग्रुपका एमडी राजेश कुमार थैब, नागरिक केबल लिंकका सीईओ मिलनथापा , स्पानका सचिवमधु ढकाल, क्रिपर इण्टरनेशनल मार्केटिङ्गका डाइरेक्टर सुन्दरकुमार बर्मा , नेपाल डोरी तान संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा अन्तरास्ट्रिय खेलाडी नवराज खरेल, मेरी गोल्ड होटलका संचालक बिष्णु पौडेल क्षेत्रि , भैरव बहादुर क्षेत्रि, चौतारी फिल्मस्का संचालक एबम गीतकार शिव सुबेदी लगायतले बोल्दै गीतको सफलताको शुभकामना दिएका थिए।
महतकै लय तथा शब्द रहेको सो गीतलाई जुजु गुरुंगले एरेन्ज गर्नुभएको हो। सो गीतलाई प्रदिप ज्ञवालीले कोरियोग्राफीगर्नुभएको छ भने छायांकन तथा सम्पादन र दृश्यनिर्माण एसआर मुभिजकाशोभाखर पन्थले गर्नुभएको छ। ड्रोनमाशिव बस्यालले सघाउनु भएको छ भने गीतको शृंगार स्वस्तिकापन्थले गर्नुभएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)