Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसका अमर पुनलाई जिताउने जिम्मा माओवादीले लिन्छ : वर्षमान पुन

कांग्रेसका अमर पुनलाई जिताउने जिम्मा माओवादीले लिन्छ : वर्षमान पुन

  • 3.6K
    SHARES

  • कांग्रेसका अमर पुनलाई जिताउने जिम्मा माओवादीले लिन्छ : वर्षमान पुन

    रोल्पा,कात्तिक २० ।

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने बताएका छन् । अहिलेको निर्वाचन प्रणालीले कुनै एक दललाई बहुमत नदिने भन्दै पाँच वर्षसम्म गठबन्धन कायम हुने उनको भनाइ छ ।

    लोकतान्त्रिक–वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको तथा न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको आरोप पुनले लगाए ।

    विगतका विचार मिल्ने वामपन्थी दलसँग चुनावी तालमेल र एकीकरण गएर गए पनि लक्ष्य अनुसार काम नभएकाले अहिले कोर्ष करेक्सन गरिएको तर्क पुनले गरे । रोल्पाका ३० वर्षमा कांग्रेस र माओवादी मिलेको भन्दै उनले बागीलाई कुनै हालतमा सहयोग नहुने बताए ।

    रोल्पाको प्रदेश (ख) मा माओवादी केन्द्रका दीपेन्द्र पुन (सिजल) बागी उम्मेदवार छन् । सो प्रदेशमा कांग्रेसका अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । राजनीतिमा भित्री र बाहिरी कुरा नहुने भन्दै पुनले कांग्रेसका पुनलाई जिताउने जिम्मा माओवादीले लिने उल्लेख गरे ।

    उनले अघि भने, ‘कांग्रेस र माओवादी युद्धका बेला रोल्पामा लडेका हौं । तर शान्तिका लागि पनि रोल्पालाई मोडल बनाएका छौं । शान्ति प्रक्रियापछि एउटा पनि अप्रिय घटना भएको छैन । आपसमा मेलमिलाप गरेका छौं । रोल्पा विद्रोह र शान्तिको केन्द्र थियो, अब मेलमिलापको केन्द्रका रुपमा परिचित गराउन चाहन्छौं ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology