Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सफोर्डमा ५४ जना विद्यार्थीलाई नगद तथा छात्रवृत्ति बितरण

अक्सफोर्डमा ५४ जना विद्यार्थीलाई नगद तथा छात्रवृत्ति बितरण

  • 2.6K
    SHARES

  • अक्सफोर्डमा  ५४ जना विद्यार्थीलाई नगद तथा छात्रवृत्ति बितरण

    बुटवल,कार्तिक १९ ।

    बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले कक्षा ११ र १२ अन्तर्गत प्रथम त्रैमासिक परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गरेको छ ।

    असोज महिनामा लिएको प्रथम त्रैमासिक परीक्षाको नतिजा शनिबार सार्वजनिक गर्दै अक्सफोर्डमा अध्ययनरत ५४ जना विद्यार्थीलाई नगद तथा तीन महिनाको छात्रवृत्तिसहित पुरस्कृत गरेको हो ।

    दशजोड दुईको परीक्षामा सम्मिलित परीक्षार्थीहरुमध्ये ३ दशमलव ६५ जिपिएभन्दा माथि ल्याउने ११ जना विद्यार्थी तथा ३ं दशमलव ४४ जिपिए ल्याउने ४३ जनालाई सम्मानसहित नगद प्रदान गरेको हो । विद्यालयले ३ दशमलव ६५ जिपिए ल्याउने परीक्षार्थीहरु नगद १० हजार र ३ं दशमलव ४४ जिपिए भन्दामाथि ल्याउने ४३ जना परीक्षार्थीहरुलाई नगद तीन हजारसहित सम्मान तथा पुरस्कृत गरेको हो ।

    उत्कृष्ट जिपिए ल्याउने ५४ जना विद्यार्थीले तीन महिनाको छात्रवृत्तिसमेत प्राप्त गरेको प्राचार्य दिनेश भुसालले जानकारी दिए । उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रोत्साहन मिलोस भनेर निरन्तर विद्यालयले सम्मान गर्दै आएको उल्लेख गर्दै प्राचार्य भुसालले पहिलो त्रैमासिक परीक्षामा जस्तै अन्य परीक्षामा पनि विद्यार्थीलाई थप प्रोत्साहनका लागि सम्मान तथा पुरस्कृत गर्दै जाने बताए ।

    विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य लालितप्रसाद खरेल, अक्सफोर्ड कलेजका क्याम्पस प्रमुख मनोज मरासिनीलगायतले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेका थिए ।

    विद्यालयका सहायक प्राचार्य सुमन भुसालको सञ्चालनमा भएको कार्यक्रम विभिन्न क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गरेका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । विद्यालयले गरेको नतिजा प्रकाशन कार्यक्रममा एक हजार ५७७ जना अभिभावकहरुको उपस्थिति रहेको विद्यालयका शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए ।

    अक्सफोर्डमा अध्ययन गर्ने विज्ञान र व्यवस्थापनमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology