Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नयागांउ खानेपानीको चौधौं बार्षिक साधारणसभा सम्पन्न

नयागांउ खानेपानीको चौधौं बार्षिक साधारणसभा सम्पन्न

  • 2.9K
    SHARES

  • नयागांउ खानेपानीको चौधौं बार्षिक साधारणसभा सम्पन्न

    बुटवल,कार्तिक २६-

    नयागांउ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवल १२ को चौधौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बुटवल १२ नयागांउमा भएको साधारणसभा ३ दिनसम्म संचालन भएको थियोे । साधारणसभाले अध्यक्ष रमा केसीको प्रतिबेददन पारित गरेको छ ।

    कार्यक्रममा बोल्दै बुटवल उपममहानगरपालिका वडा न १२ का वडाध्यक्ष दुर्गा सुबेदीले खानेपानीको संसारभर महत्व दिनप्रतिदिन बढ्दै गएको भन्दै मुहान संरक्षण र खानेपानी आयोजनाको स्तरबृद्धि जरुरी रहेको बताउनुभयो  । नयागांउ खानेपानीले सो क्षेत्रमा सहज ढंगल शुद्ध पिउने पानी बितरण गरिरहेको अध्यक्ष केसीको भनाइ छ ।

    यसलाइ अझै क्षमताबृद्धि गरि आम उपभोक्ताको हितका लागि काम गर्ने उहाको प्रतिबद्धता रहेको थियो ।

    कार्यक्रममा बुटवल १३ का जनप्रतिनिधि बेदप्रसाद गैरे,खानेपानीका मानार्थ सदस्य तथा निबर्तमान अध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य, पूर्ब अध्यक्ष साबित्रा रेग्मी,मिलन पार्क अध्यक्ष दुर्गा पाण्डे,पूर्व सल्लाहकार यज्ञमूर्ति भण्डारी,सल्लाहकारहरु पुरुषोतम बस्याल,घनलाल बस्याल,शोभारखर पोखरेल।धर्मराज शर्मा,जिवलाल पन्थी  खानेपानीका उपाध्यक्ष मिना जिसि,सचिब ओमप्रसाद भट्टराइ,कोषाध्यक्ष लालबहादुर गुरुङ,सहसचिब तिलबहादुर शाहानी लगायतले बोल्नुभएको थियो ।pani.jpg

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology