Logo बिहिवार, आश्विन १ गते २०८३
images

विष्णु पौडेलले घरदैलाेमा भने-‘मेडिकल कलेज स्थापनापछि तिलोत्तमाले फड्को मार्छ’

विष्णु पौडेलले घरदैलाेमा भने-‘मेडिकल कलेज स्थापनापछि तिलोत्तमाले फड्को मार्छ’

  • 4.2K
    SHARES

  • विष्णु पौडेलले घरदैलाेमा भने-‘मेडिकल कलेज स्थापनापछि तिलोत्तमाले फड्को मार्छ’

    बुटवल, कार्तिक१८।

    नेकपा एमालेका उपाध्यक्ष एवं  रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधी सभा उम्मेदवार विष्णु पौडेलले तिलोत्तमामा मेडिकल कलेजको पुर्वाधार निर्माण छिट्टै सुरु हुने दाबी गरेका छन् ।

    तिलोत्तमा वडा नं. १ मा भएको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको कार्य अघि बढेको बताउँदै छिट्टै पुर्वाधार निर्माणको काम सुरु हुने बताए ।पुर्वधार निर्माणको काम सुरु भएको केही समयमा मेडिकल कलेज सञ्चालनमा आउने बताउँदै उनले त्यसपछि तिलोत्तमा १ का बासीहरुको मुहार बदल्ने दाबी गरे। 

    मेडिकल कलेज निर्माण संगै सडक, पुर्वधार निर्माण हुने र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना पनि सो क्षेत्रमा हुने उनको भनाई छ । त्यसका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको उनले बताए ।

    पौडेल अर्थमन्त्री भएका बेला तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको अवधारणा अघि बढेको थियो । तत्कालीन समयमै वरिष्ठ चिकित्सक डा. सरोज ओझाको संयोजकत्वमा गठित प्रारम्भिक अध्ययन समितिले प्रस्ताव गरिएको जग्गा कलेज स्थापनाका लागि उपयुक्त रहेको ठहर गर्दै शिक्षा मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।

    अहिले सरकारी मेडिकल कलेजको डिपीआर तयार भइसकेको बताउंदै नेता पौडेलले मेडिकल कलेज स्थापना पछि तिलोत्तमाले नै स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताए ।

    तिलोत्तमा नगरपालिकाका वडा नम्बर १ र ८ मा पर्ने शंकरनगर सामुदायिक वन र करहिया सामुदायिक वनको २ सय विगाह जग्गामा मेडिकल कलेज बन्नेछ । गुरुयोजना अनुसार १ हजार बेडको अस्पताल बन्नेछ ।

    सुरुमा ३ सय बेडको हुने र क्रमश १ हजार बेडको अस्पताल बन्नेछ ।बुटवल मेडिकल कलेजको ८ चैत २०७५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमामा कार्यालयको उद्घाटन गरेका थिए ।

    रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरी सहित घरदैलो अभियानमा पुगेका पौडेललाई मतदाताले नाली निर्माण, डुवान रोक्न र सडक पुर्वधार निर्माण गर्न आग्रह गरेका थिए ।

    सो क्रममा पौडेलले तिलोत्तमा १ मा नयाँ खेल मैदान सिद्धार्थ खेलमैदान आवश्यक रहेको जानाकारी आफुलाई आएको भन्दै नयाँ खेल मैदान निर्माण गर्ने प्रतिबद्धता जनाए ।गिरीले शान्ती र विकासका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दिनको उज्यालो जतिकै छर्लङ रहेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology