Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न,८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छापियो

प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न,८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छापियो

  • 1.3K
    SHARES

  • प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न,८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छापियो

    काठमाडाैं,कात्तिक १८ ।

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाई कार्य सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाई कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । 

    आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छपाउन दिएको थियो । आयोगले दिएको २० गतेसम्मको समयसीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्रीले मतपत्र छपाई कार्य सम्पन्न गरेको हो ।

    शुक्रवार जनक शिक्षा सामग्रीमा मतपत्र छपाई सम्बन्धी अवलोकन गर्दै निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगको २० गतेसम्म मतपत्र छापिसक्नुपर्ने समयावधिभन्दा दुई दिन अगावै सबै मतपत्र छापिएको बताए । 

    उनले ८ करोड ३ लाख ९४ हजार ५ सय मतपत्र छपाई सकिएको र नमूना मतपत्र २२ लाख गरी कुल करिब ८ करोड २५ लाख मतपत्र छपाई भएको बताए ।

    निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा चाँडै मतपत्र ढुवानी हुने बताए । उनले मतपत्र छाप्ने काम चुनौतीपूर्ण रहे पनि समयभन्दा अगावै सबैको सहयोगमा छपाई कार्य सम्पन्न भएको बताए । 

    ‘नमूना मतपत्र २२ लाख, सक्कली मतपत्र ८ करोड ३ लाख ९४ हजार ५ सय गर्दा करिव ८ करोड २५ लाख मतपत्र छपाई भएको छ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको छ, प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा बाँकी छ, यो छिटै हुन्छ । चुनौतीपूर्ण काम छाप्ने थियो, ढुवानी छिट्टै हुन्छ ।

    छोटो समयमा यति धेरै मतपत्र छापिनु, गम्भीर कुरा नै थियो । तर, यसलाई सहज रूपमा छापिएको छ । निर्वाचन प्रक्रियामा सामेल हुने प्रयोजनको लागि मतपत्र छापिने क्रममा सहयोग र सद्भावले काम गरेर दुई दिन अगावै सक्नुभयो’, उनले भने । 

    समानुपातिक निर्वाचन प्रणालीतर्फको करिव ४ करोड मतपत्र भने यसअघि नै छपाई सम्पन्न भइसकेको आयोगले जनाएको छ । आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् ।

    यी मतदाताहरुले समानुपातिक तथा प्रत्यक्ष दुई प्रणालीका लागि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । जसअनुसार आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology