Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पासवानले उम्मेदवारी फिर्ता लिँदै डा.शेखर कोइरालालाई गरे समर्थन

पासवानले उम्मेदवारी फिर्ता लिँदै डा.शेखर कोइरालालाई गरे समर्थन

  • 1.4K
    SHARES

  • पासवानले उम्मेदवारी फिर्ता लिँदै डा.शेखर कोइरालालाई गरे समर्थन

    विराटनगर,कार्तिक १८ ।

    मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभामा उमेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले कांग्रेसका डा. शेखर कोइरालालाई समर्थन गरेका छन् ।

    पासवानले प्रतिनिधिसभामा कांग्रेसका कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएको बताएका छन् । 

    पासवानले आज प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । 

    अब आफू र आफ्नो पार्टीका सबै कार्यकर्ता कांग्रेस उमेदवार कोइरालाको समर्थनमा चुनावी अभियानमा सक्रिय हुने उनले बताए ।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology