बुटवल,कात्तिक १७ ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशले लुम्बिनीलाई आर्थिक केन्द्र बनाउने घोषणापत्र सार्वजनिक गरेको छ ।
कांग्रेस प्रदेश समितिले बुटवल, सिद्धार्थनगर, घोराही ,तुलसीपुर, नेपालगन्ज र कोहलपुरलाई प्रमुख आर्थिक केन्द्रको रुपमा विकास गर्ने गरी घोषणा पत्र सार्वजनिक गरेको हो । प्रदेश पार्टी कार्यालय बुटवल १२ मा एक कार्यक्रमका बिच चुनावी घोषणापत्र सार्बजनिक गरेको हो ।
काँग्रेसल संघीयतालाई संस्थागत गर्दै लुम्बिनी प्रदेशको विकास गर्ने प्रतिबद्धतासहितको चुनावी घोषणापत्र बनाएको बताएको छ । प्रदेशमा अबको ५ वर्ष भित्र २ लाखभन्दा धेरै रोजगारी सृजना गर्ने र राष्ट्रको कुल जिडिपीमा योगदानलाई २० प्रतिशत पु¥याउने लक्ष्य लिएको घोषणापत्रमा उल्लेख गरेको छ ।
काँग्रेस प्रदेश सभापति अमरसिंह पुनले नेपाली काँग्रेसको नेतृत्वमा प्रदेश सरकार बने घोषणापत्रमा उल्लेख गरिएको बुद्धाहरुको कार्यान्वयन हुने बताउनु भयो ।
आफ्नो पार्टी यदी प्रतिपक्षमा रहेपनि सरकारलाई काँग्रेसले घच्घचाउँदै कार्यान्वयनको लागि दबाब सृजना गरिने बताउनुभयो ।काँग्रेसको घोषणापत्रमा कृषि अनुसन्धान केन्द्र र मल उत्पादन उद्योग स्थापना गर्दै कृषि क्षेत्रमा उत्पादन बृद्धिको लागि सिचाई पुर्वधार, बजार ब्यवस्थापन ,अनुसन्धान र प्रशोधन केन्द्र निर्माणलाई बढावा दिने बताईएको छ ।
दाङ र पाल्पा जिल्लामा रहेका सिमेन्ट उद्योगहरुको उचित ब्यवस्थापन गर्दै चुनढुङ्गलाई उचित ब्यवस्थापन गर्दै आर्थिक बृद्धिमा सहयोग मिल्ने विश्वास लिएको छ । लुम्बिनी विकास कोषलाई केन्द्र र प्रदेशको सामुहिक कार्यक्षेत्र भित्र राख्दै आर्थिक तथा सामाजिक रुपमान्तण गरिने काँग्रेसको घोषणापत्रमा बताईएको छ ।
प्रदेशमा रहेका १२ जिल्ला र १०९ स्थानीय तहलाई यातायातको सहज पहुचको लागि दिगो यातायात गुरु योजना बनाउँदै बुटवल–भैरहवा, नेपालगञ्ज–कोहलपुर, घोराही–तुलसीपुर लगायतका क्षेत्रहरुमा ट्राम वा रेलको सम्भाब्यता अध्ययन गरी योजना अगाडी सार्ने घोषणपत्रमा उल्लेख गरिएको छ ।
एक विद्यालय, एक स्वास्थ्यकर्मी नीतिलाई सबै विद्यालयहरुमा सुनिश्चित गरिने उल्लेख छ । अत्यावश्यक औषधी कारखाना प्रदेश भित्रै स्थापना गरिने र दीर्घरोगको उपचार पूर्ण निशूल्क गरिने काँग्रेसको घोषणपत्रमा उल्लेख छ । यस्तै एक पालिका, एक खेलकुद केन्द्र र पुस्तकालय स्थापना गरि युवाहरुसँग जोडिने घोषणपत्रमा बताईएको छ ।
लैंगिक उत्तरदायी बजेट प्रणाली लागु गरी सहभागितामुलक योजना तर्जुमा प्रक्रियामा महिलाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने योजना काँग्रेसले बनाएको छ । शहिद ,द्धन्द्ध पिडितका परिवार , अपांग, दलित, बिपन्न,मुक्तकमैया, कम्लहरी,मुस्लिम विद्यार्थीहरुलाई विद्यालय तथा उच्च शिक्षा अध्ययनमा विशेष छात्रबृद्धिको ब्यवस्था गरिने भएको छ ।
यस्तै राष्ट्रिय निकुञ्ज, सामुदायिक बन क्षेत्रमा रहेका उमेर पुगेका रुखहरुको बैज्ञानिक तबरबाट प्रयोग गरी काठजन्य सामाग्री आयात घटाईने घोषणपत्रमा बताईएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)