Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीको सैनामैना लम्टियामा २ अर्ब १९ करोड रुपैयाँमा नेपालकै ठूलो क्रिकेट रंगशाला बन्दै

रुपन्देहीको सैनामैना लम्टियामा २ अर्ब १९ करोड रुपैयाँमा नेपालकै ठूलो क्रिकेट रंगशाला बन्दै

  • 5.8K
    SHARES

  • रुपन्देहीको सैनामैना लम्टियामा २ अर्ब १९ करोड रुपैयाँमा नेपालकै ठूलो क्रिकेट रंगशाला बन्दै

    बुटवल,कार्तिक २६-

    रुपन्देहीको पश्चिम सैनामैना नगरपालिकामा नेपालकै ठूलो क्रिकेट रंगशाला बन्ने भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला सैनामैना ७ लम्टियामा रहेको करिब १५ बिगाहा जग्गामा निर्माण हुन लागेको हो।

    नगरपालिकाले रंगशाला निर्माणको काम अगाडि बढाएको छ। गत वर्ष ३० लाख रुपैयाँ छुट्याएर मैदान सम्याउने, शौचालय र ड्रेसिङ रूम निर्माण गरिएकोमा यस वर्ष  एक करोड बजेटमा माटो कटिङ, तारबार र डिपिआर बनाएको छ। 

    यसअघि धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा रंगशाला निर्माण गर्नुपूर्व नगरपालिकाले यही स्थान रंगशालाको लागि फाउन्डेसनलाई दिने भनेको थियो।

    तर उक्त रंगशाला चितवनमा निर्माण गरिए पनि नगरपालिका आफैंले निर्माण गर्न लागेको हो। रंगशाला निर्माण सम्पन्न हुन करिब २ अर्ब १९ करोड रुपैयाँको लागत अनुमान गरिएको छ।

    रंगशालाको लागि लम्टैयास्थित निर्माणाधीन सैनामैना उद्योगग्रामदेखि पूर्वतर्फको ९४८१७ वर्गमिटर क्षेत्रफल समेटिएको छ।

    गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट करिब १२ किमी उत्तरतर्फ निर्माण हुन लागेको उक्त रंगशाला नेपालकै सबभन्दा ठूलो ९० र्‍याडको रहेको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले दाबी गरे। 

    रंगशाला निर्माणका लागि नगरपालिकालाई प्रदेश र संघीय सरकारले आर्थिक सहयोग गरेका छन्।

    खेल पर्यटनमार्फत् सैनामैनाको विकास गर्ने उद्धेश्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न लागिएको नगर प्रमुख कार्कीले बताए।

    बजेट व्यवस्थापन गरेर रंगशालाको लागि यसै वर्ष ठेक्का प्रक्रियामा जाने समेत प्रमुख कार्कीले बताए। रुपन्देही जिल्ला क्रिकेट खेलाडीहरूको उर्वरभूमि भएको र अन्तर्राष्ट्रिय हवाई केन्द्र पनि नजिकै भएकोले यस रंगशालालाई खेल आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology