Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भैरहवा–क्वालालाम्पुर हवाई उडान सुरु,१३५ जना यात्रु लिएर हिमालय एयरलाइन्स मलेसिया प्रस्थान

भैरहवा–क्वालालाम्पुर हवाई उडान सुरु,१३५ जना यात्रु लिएर हिमालय एयरलाइन्स मलेसिया प्रस्थान

  • 2.7K
    SHARES

  • भैरहवा–क्वालालाम्पुर हवाई उडान सुरु,१३५ जना यात्रु लिएर  हिमालय एयरलाइन्स मलेसिया प्रस्थान

    बुटवल,कार्तिक १७ ।

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दोस्रो अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । बिहीबारदेखि हिमालय एयरलाइन्सले उडान सुरु गरेको हो । यहाँबाट विमानस्थल उद्घाटनकै दिन जेठ २ गतेदेखि जजिरा एयरलाइन्सले सातामा तीन दिन उडान भर्दै आएको थियो ।

    बीचमा केही समय दैनिक उडान गरेको जजिराले पुनः उडान संख्या कटौती गरेर अहिले फेरि सातामा तीन दिनमात्रै उडान भर्दै आएको छ ।नेपालकै हिमालयन एयर लाइन्सले बिहीबारदेखि भैरहवा–क्वालालाम्पुरबीच हवाई उडान सुरु गरेको हो ।

    हिमालयन एयरलाइन्स, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यवसायिक उडान सञ्चालन गर्ने दोस्रो विमान कम्पनी बनेको छ । बिहीवार दिउँसो क्वालालम्पुरदेखि खाली आएको उक्त विमानले भैरहवादेखि १ सय ३५ जना हवाइ यात्रु लिएर क्वालालम्पुरका लागि प्रस्थान गरेको थियो ।

    भैरहवाबाट क्वालालम्पुरका लागि प्रस्थान गर्ने सबै हवाइ यात्रु वैदेशिक रोजगारका लागि गएका श्रमिक हुन् ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले हिमालयन एयरलाइन्सले बिहीवारदेखि भैरहवा–क्वाालाम्पुरबीच दैनिक एउटा चार्टर्ड उडान सञ्चालन गर्ने जानकारी दिए ।

    हिमालयन एयरलाइन्सको उक्त उडानको अवसरमा बिहीवार नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नेपाल नागरिक उड्ययन प्राधिकरणद्वारा आयोजित पत्रकार सम्म्ेलनमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनीको पर्यटनका लागि मात्र नभएर खाडी मलुकमा वैदेशिक रोजगारीमा जाने तराईका यात्रुको सहजताका लागि र नेपालको पहाडी तथा हिमालयन क्षेत्रको भ्रमणमा जाने विदेशी पर्यटकलाई समेत सेवा दिनका लागि प्रयोगमा आउने बताए ।

    air himalaya.jpg

    नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने यात्रुले भोग्नुपरेको श्रमसंग सम्बन्धित समस्या आधा भन्दा धेरै समाधान भइसकेको र बाँकी समाधान हुने क्रममा रहेको बताए ।

    हिमालयन एयरलाइन्स उपाध्यक्ष विजय श्रेष्ठले अन्तर्राष्ट्रिय हवाइ उडान संचालनका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका पूर्बाधार र बाह्य हवाइ उडान जोखिम व्यवस्थापनका कारणले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न योग्य पाइएकाले अन्तर्राष्ट्रिय उडान संचाालन गरिएको बताए । 

    विमानस्थलका महाप्रबन्धक गोबिन्दप्रसाद दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाइ उडान सञ्चालनका लागि १५–२० वटा मुलुकका एयरलाइन्सले सम्पर्कमा आएको जानकारी दिँदै विमानस्थल पूर्ण क्षमतामा संचालनको सम्भावना धेरै रहेको बताए ।डेढ महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीको संख्या आधा दर्जनभन्दा बढी पुग्ने क्यानले जनाएको छ ।

    डिसेम्बर १६ बाटै प्राधिकरणले फ्लाइ दुबई, कतार एयरवेज, एयर अरेबिया लगायत वायुसेवालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न निर्देशन दिइसकेको छ ।

    himalayan air.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology