बुटवल,कार्तिक १६ ।
राष्ट्रिय जनमोर्चाले समानुपातिक निर्वाचनका लागि प्रचार– प्रसार अभियान सञ्चालन गर्ने भएको छ ।पांच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले कार्तिक १७ गतेदेखि समानुपातिक निर्वाचनका लागि प्रचार–प्रसार अभियान सञ्चालन गर्ने बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
सम्भव भएसम्म देशका सबै जिल्लामा प्रचार अभियान सञ्चालन गर्ने राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बताउनुभयो । उहांले समानुपातिक तर्फका उम्मेदवारहरुको साथमा मतदातासंग घरदैलो तथा भेटघाट सभा, कोणसभा, अन्तरक्रिया र पत्रकार सम्मेलन गरिने जानकारी गराउनुभयो ।राज्यले निर्वाचनमा थे्रसहोल्डको प्रावधान लगाएर पिछडएिको जाति वर्ग, लिंग, क्षेत्र र समूदायलाई राज्यको मुलधारमा आउन राज्यले नै अबरोध गरेकाले थ्रेसहोल्डको प्रावधान खारेज गर्नुपर्ने बताउनुभयो ।
उहांले गणतन्त्र, धर्म निरपेक्षतामाथि खतरा बढेको उल्लेख गर्दै ओलीले संसद विघटन गरेका कारण गणतन्त्र, धर्म निरपेक्षतामाथि खतरा बढेको दावी गर्नुभयो । नेपालमा धर्म निरपेक्षतालाई समाप्त गरेर हिन्दुराज्य कायम गरी राजतन्त्र व्यूताउने षडेयन्त्र भैरहेको र त्यसमा एमाले लागेको दावी गर्नुभयो ।
उहांले दुई– दुई पटक संविधान विघटन गर्नु र निर्वाचनमा प्रतिगामी शक्ति राप्रपासंग तालमेल गर्नुले एमाले प्रतिगामी हो भन्ने कुराको पुष्टि हुंदै गएको बताउनुभयो ।गणतन्त्रका लागि लडेको शक्ति एमाले सत्ता महत्वकांक्षी पुरा गरी सधैभरी आफ्नो अस्तित्व रक्षाका लागि भारतीय साम्राज्यवदी शक्तिसंग आश्रित हुन पुगेको आरोप लगाउनुभयो ।
राष्ट्रिय जनमोर्चाले गणतन्त्र, राष्ट्रियता र धर्म निरेपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौ भन्ने मुल नाराका साथ निर्वाचनमा भाग लिएको कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बताउनुभयो ।
उहांले संघीयता कुनै पनि प्रकारले नेपालको लागि उपयुक्त थिएन भन्ने कुरा व्यवहार नै पुष्टि गरेको उल्लेख गर्दै संसद र सदनबाट संघीयताको खारेजीका लागि बिरोधका लागि प्रदेशको चुनाव उपयोग गरिएको स्पष्ट पार्नुभयो ।राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य इन्द्रिरा ज्ञवालीको अध्यक्षता र टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)