बुटवल,कार्तिक १६ ।
लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभाले पुन : गंगालाल सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
आज बुटवलमा सम्पन्न साधारणसभाले उपाध्यक्षमा गोपाल प्रसाद गैरे,सचिबमा दिनेश कुमार पाण्डे,कोषाधयक्षमा शिबराम उपाधय,सहसचिबमा पुष्पा न्यौपाने शर्मा, तथा संचालक सदस्यहरुमा टानबहादुर केसी,पबिण पौडेल, डिलाराम रेग्मी,बिनोद कुमार परियार,गिता बन्जाडे,डिलकुमारी कुवर,नन्द पोखरेल,अन्जु गोतामे पाण्डे चयन गरेको छ ।
यस्तै लेखा सुपरिबेक्षण समितिको संयाेजकमा उमलाल बन्जाडे, सदस्यहरुमा बासु बेल्बासे र साबित्रा भण्डारी चयन भएको निर्बाचन संयोजक लोकराज भुसालले जानकारी दिनुभयो ।
यसअघि खुल्ला सत्रमा अध्यक्ष सचिब ,कोषाध्यक्षको प्रतिबेदजन पारित भएको छ । सहभागिले सहकारीहरुले नागरिकको आर्थिक जीवन उकास्न ठूलो योगदान गरेको बताएका छन ।
सहकारीका अध्यक्ष गंगालाल सापकोटाले ६० जनाबाट शुरु भएको सहकारीमा अहिले २ हजार ५ सय शेयर सदस्य हुनु संस्थाको गौरव भएको बताउनुभयो । उहाँले कृषि सहकारी मार्फत शुरुवात भएको सहकारीलाई बहुउदेश्यीय बनाउँदै शेयर सदस्यहरुको आर्थिक उपार्जनसँग जोड्ने काम गरेको बताउनुभयो ।
जेष्ठ सदस्य पुरुषोतम शर्माले लालटिन सहकारी संस्थाले सधै शेयर सदस्यको हकमा काम गरिरहेको बताउनु भयो । उहाँले आफू जीवित रहँदा सम्म सधै सहकारीका काममा अग्रसर हुने बताउनु भयो ।
राष्ट्रिय सहकारी बैंकका बुटवलका शाखा प्रमुख नारायण बेल्बासेले सहकारीका चुनौती र अवसरका बारेमा प्रशिक्षण दिनुभएको थयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका सदस्य सन्दिप सापकोटा संस्थाका उपाध्यक्ष यज्ञ प्रसाद उपाध्यय लगायतले बोल्दै सहकारीको विकासमा जोड दिनुभएको थियो । लालटिनले बुटवल देविनगरमा सहकारी उपभोक्ता पसल सञ्चालन गरेको छ ।कृषि सहकारीका रुपमा विस २०७२ साल साउन २७ गतेका दिन लालटीनको स्थापना भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)