Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही २ (१) का सबै वडामा सत्ता गठबन्धनले खोल्यो प्रचार कार्यालय

रुपन्देही २ (१) का सबै वडामा सत्ता गठबन्धनले खोल्यो प्रचार कार्यालय

  • 1.6K
    SHARES

  • रुपन्देही २ (१) का सबै वडामा सत्ता गठबन्धनले खोल्यो प्रचार कार्यालय

    बुटवल,कार्तिक १६ ।

    रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धनले प्रत्येक वडामा निर्वाचन प्रचारप्रसार तथा परिचालनको लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । नेपाली काँग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नं. २ (१) अन्तरगतका १० वटै वडामा प्रचारप्रसार कार्यालय स्थापना गरिएको प्रदेश सभा क का सचिव बालकृष्ण अर्यालले बताउनु भयो ।

    ती कार्यालयको प्रतिनीधि सभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापा र प्रदेश (१) का उम्मेदवार दीर्घबहादुर केसीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । त्यस्तै प्रदेश सभा (२) अन्तरगतका वडामा पनि प्रचार प्रसार कार्यालय स्थापना गरिएको छ । यी कार्यालयबाट वडा स्तरमा चुनाव प्रचार प्रसार तथा परिचालनको काम हुने प्रदेश सभा (१) का सभापति खड्गबहादुर महतले जानकारी गराउनु भयो ।

    त्यस्तैगरी आसन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेद्वारलाई जिताउनको लागि दलित समुदाय क्रियाशिल भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टी निकटका दलित समुदायका अगुवाहरुको बैठकले साझा उम्मेद्वारलाई विजयी बनाउनको लागि निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको नेपाल दलित संघ रुपन्देहीका अध्यक्ष रवि बिकले जानकारी गराउनु भयो ।

    बैठकमा नेपाली काँग्रेसका रवि विक, थानेश्वर विश्वकर्मा, जनमुक्तिका हरिओम विक, एकीकृत समाजवादीका यमबहादुर सुनार, नेकपा माओवादी केन्द्रका प्रकाश सुनारले भनाई राख्नुभएको थियो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology