Logo बुधवार, श्रावण १३ गते २०८३
images

निर्वाचन बिथोल्ने खालका गतिबिधि नगर्न गृहमन्त्री खाँणको आग्रह  

निर्वाचन बिथोल्ने खालका गतिबिधि नगर्न गृहमन्त्री खाँणको आग्रह  

  • 1.6K
    SHARES

  • निर्वाचन बिथोल्ने खालका गतिबिधि नगर्न गृहमन्त्री खाँणको आग्रह  

    बुटवल,कार्तिक १६ ।

    गृहमन्त्री बालकृष्ण खाणले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । लुम्बिनी प्रदेश स्तरिय सुरक्षा गोष्ठीलाई बुटवलमा सम्बोधन गर्दै उहाँले जनताको अपेक्षा सुख, शान्ति र समृद्दी रहेको र त्यो अपेक्षा पुरा गर्न निर्वाचन अपरिहार्य रहेको बताउनु भयो ।

    उहाँले निर्वाचनमा सहभागी हुने आम नागरिकलाई भ्रममा नपार्न तथा निर्वाचन बिथोल्ने खालका गतिबिधि नगर्न समेत चुनावमा सहभागी नहुने घोषणा गरेका दलहरुलाई आग्रह गर्नुभयो ।

    गृहमन्त्री खाणले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिन नपाइने बताउनु भयो । संविधान संशोधन बाहेकका मागहरुमा सरकारले माग सम्बोधनको कार्य थालिरहेको बताउँदै   उहाँले  ऐन र कानुनमा सुधार गरि सबै दलहरुलाई निर्वाचनमा आउने वातावरण बनाउन सरकार इमान्दार रहेको बताउनु भयो 

    गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी शर्माले चुनावको लागि आवश्यक जनशक्ति खटाउन सुरु गरेको जानकारी दिँदै निर्वाचन बिथोल्नेलाई कानूनी दायरामा ल्याईएको बताउनु भयो ।
    कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, गृहसचिव बिनोद प्रताप सिंह, नेपाली सेनाका रथी सरोज प्रताप राणा, नेपाल प्रहरीका प्रहरी महानिरक्षिक धिरज प्रताप सिंह, शसस्त्र प्रहरीका महानिरक्षिक राजु अर्याल , राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा लगायतको सहभागिता रहेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology