काठमाडाैँ,कार्तिक १५ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
काठमाडौंमा आज कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्नुभयो । डिजिटल अनावरणसँगै सूर्य चिन्हमा किन मतदान गर्ने किन नगर्ने भन्ने प्रश्नको जवाफसहित एमाले सरकारका उपलब्धिको श्रव्यदृष्य सार्वजनिक गरिएको छ ।
घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा पत्रमा समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।
आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पु¥याउने, ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पु¥याउने र नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख रुपैयाँ पु¥याउने पनि घोषणा गरेको छ ।
के के छन् एमालेका २० ग्यारेन्टी ?
१. पहिलो सेसन : समृद्धि अधिवेशन
२. नेपालीलाई मात्र नागरिकता
३. हङ्गर :नो लङ्गर
४. उत्पादन स्वदेशी, बजार विदेशी
५.सुरक्षित छाना : पुग्छ सबैको चाहाना
६. कमाई : युवाको रोजाइ
७. पढाइ : भविष्यको जग बसाइ
८. प्रेसर सुगर : भइन्न बिरामी औषधि बेगर
९.फ्रि मिटर : दश हजार लिटर
१०.फ्रि युनिट : ५० युनिट
११. खेतबारीमा पानी : खाडीमा हैन, स्वदेशमै जवानी
१२.दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार
१३.भूमिगत तार : सहर बजार
१४. नो लाइन : सेवा अनलाइन
१५. ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार
१६. सम्मृद्धि सँगको नाता : सबैको बैंक खाता
१७.स्वस्थ महिनावारी : १५ सय वर्षभरि
१८.फाइभ जी सञ्चार : आइटीमा चमत्कार
१९.हामी सामाजिक : सभ्य नागरिक
२०.हाम्रो अर्थ : १०० खर्ब
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)