Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डा. तोसिमाको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

डा. तोसिमाको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

  • 1.4K
    SHARES

  • डा. तोसिमाको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं,कात्तिक १५ ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा नेपाल स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएका डा। तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चले निर्वाचन आयोगको नाममा उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 

    मंगलबार सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चको आदेशपछि कार्कीको उम्मेदवारी कायम हुने भएको छ। आयोगको निर्णय गैरकानुनी र नियतवश रहेको ठहर सर्वोच्चले गरेको छ। 

    प्रतिनिधि सभा उम्मेदवार कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिएको भन्दै आयोगले अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको थियो। 

    लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो। निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ। नियमित तलब नपाइने भए पनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै उहाँले उम्मेदवारी खारेज गरिदिएको थियो।

    तर, मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च पुग्नुभएको थियो।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology