Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिनाउ–दानव करिडाेरका नाममा कसैले पनि घर–बास विहिन हुनुपर्दैन : विष्णुप्रसाद पौडेल

तिनाउ–दानव करिडाेरका नाममा कसैले पनि घर–बास विहिन हुनुपर्दैन : विष्णुप्रसाद पौडेल

  • 4.7K
    SHARES

  • तिनाउ–दानव करिडाेरका नाममा कसैले पनि घर–बास विहिन हुनुपर्दैन : विष्णुप्रसाद पौडेल

    बुटवल, कात्तिक १४ ।

    एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीयको उचित व्यवस्थापन पछि मात्रै तिनाउ–दानव नदी करिडोरको काम अघि बढ्ने बताएका छन् ।

    करिडोर निर्माणले नदी आसपासका बासिन्दा घरबार बिहीन हुने भ्रम छरिएको भन्दै उनले यस्तो कदापी नहुने बताए । पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै उनले राजनीतिक स्वार्थ पूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उल्लेख गरे ।

    सोमबार बुटवल–११ बुद्धनगरमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा तिनाउ–दानव करिडोर बारे छलफल गर्दै पूर्व अर्थमन्त्री समेत रहेका उनले विकासका नाममा कसैले पनि घर–बास विहिन हुनु नपर्ने बताए ।जनताका लागि नै सुरु गरिएका महत्वकांक्षी र ठूला विकासका आयोजनाहरुमा गलत ढंगले भ्रम फैलाएर आतंकित पार्ने गरिएको भन्दै उनले जनतालाई असर पर्ने कुनै अघि नबढ्ने स्पष्ट पारे । 
    एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्मार्णको काम अघि बढाइएको स्पष्ट पार्दै कोही जनतालाई पनि घर–बासविहिन नबनाइने स्पष्ट पारे । यहाँको बस्तिलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई व्यवस्थित ठाउँमा उनीहरुकै चाहना अनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे । ‘यहाँको बस्ति सुरक्षाका लागि नै करिडोर निर्माण गर्न लागिएको हो ।

    बिकासका नाममा जनतालाई आतंकित पार्ने र बिस्थापित गर्ने भन्ने हुँदैन ।’–पौडेलले भने, भ्रममा नपर्नुहोस यदी यहाँबाट बस्ती हटाउनु पर्ने भएमा योभन्दा थप व्यवस्थित ठाउँमा तपाईहरुलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा समग्र क्षेत्रको एकसाथ बिकास गनमा बढि केन्द्रित रहेको उल्लेख गरे ।

    रुपन्देहीलाई बिकासको रोलमोडल बनाउनका लागि कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाउँदै उनले यसका लागि आगमी निर्वाचनमा एमालेले जित्नै पर्ने उल्लेख गरे । आकाश ओढ्ने र धर्ती बिछ्याउने सबैको प्रतिनिधि भएर काम गर्ने प्रतिवद्धता गर्दै पौडेलले अब आफ्नो ध्यान रोजगार सिर्जना र शिक्षामा हुने बताए ।

    हरेक घर परिवार तथा युवाहरुलाई रोजगार सिर्जना गर्नका लागि ठूला बिकास आयोजनाहरुको सुरुवात, औद्योगिक क्षेत्रको बिकास, कृषिलाई आधुनिकीकरण तथा प्राविधिक शिक्षालाई जोड दिइने उनको भनाइ छ ।

    कार्यकर्ताहरुसँगको छलफलमा बोल्दै एमाले पोलिटव्यूरो सदस्य पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ ‘१’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनावद्ध बिकासका लागि विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गरे ।

    विगतमा आफूले सुरु गरेका योजनाहरुलाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले  ती योजनाहरु पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने दाबी गरे ।

    यहाँको पर्यटकीय क्षेत्रको बिकास, खेलकूद क्षेत्रमा पूर्वाधार निर्माण, प्राविधिक शिक्षामा लगानी लगायतका मुद्दाहरु आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology