Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भारतको गुजरातमा झाेलुङ्गे पुल चुडिँदा १४० जनाको मृत्यु,कम्तिमा १सय जना घाइते

भारतको गुजरातमा झाेलुङ्गे पुल चुडिँदा १४० जनाको मृत्यु,कम्तिमा १सय जना घाइते

  • 1.6K
    SHARES

  • भारतको गुजरातमा  झाेलुङ्गे पुल चुडिँदा १४० जनाको मृत्यु,कम्तिमा १सय जना घाइते

    बुटवल,कात्तिक १४ ।

    भारतको गुजरात माेर्वी जिल्लामा झाेलुङ्गे पुल चुडिंदा १४० जनाको मृत्यु भएको छ । आइतबार साँझ मच्छु नदीमाथि बनेको पुल चुँडिएको हो ।

    घटनामा १४० जनाको मृत्यु भएको र १०० जना घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । समाचार अनुसार अझै ५० जना जति सम्पर्कमा छैनन् । सुरक्षाकर्मीहरुले खोज तथा उद्धारको काम जारी छ। भारतीय वायु सेनाका जवानहरुलाई पनि घटनास्थलमा परिचालन गरिएको छ । 

    गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले अस्पताल पुगेर घाइतेहरुसँग भेटघाट गरेका छन् । उनले समीक्षा बैठक बोलाएर घटनाको अनुसन्धानका लागि पाँच सदस्यीय समिति गठन गरेका छन् ।

    राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले घटनाप्रति दुःख व्यक्त गरेका छन् । भारत माेदी सरकारले मृतकका प्रति परिवार २ लाख दिने भएको छ ।

    brize india.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology