बुटवल,कार्तिक १३ ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले जन्मदिनमा रचनात्मक काम गरेका छन् । उनले सिद्धबाबाधाममा रुद्राक्ष,बेलका बिरुवा रोपेपछि बाँदरलाइ फलफूल खुवाए भने साझा अस्पतालका बिरामीलाइ फलफूल बितरण गरे त्यसपछि उनले निलकण्ठबाबा धाममा रहेका बटुकहरुलाइ भोजन गराएर जन्मदिन मनाएका हुन् ।
सो अबसरमा उनले पृथ्वी सबैको साझा घर भएको र पृथ्वीमा सबै जिवहरुको समान अधिकार र समान अस्तित्व रहेको बताए। उनले भने -‘पृथ्वीका सबै प्राणीहरु बाँच्नु पर्छ र हामीले बचाँउने प्रयत्न गर्नुपर्छ। पृथ्वीका जिवहरु बिचमा एक अर्कामा अस्तित्व गाँसिएको हुन्छ। एउटा जिवको अस्तित्व समाप्त हुँदै गर्दा अन्य कैयौं जिवको अस्तित्व पनि संकटमा परेको हुन्छ। त्यसैले हामी चेतनशील प्राणीले हामी संगै रहेका सबै जिवहरुको जीवन बचाउन भुमिका खेल्नुपर्छ।’

उनले त्यसैले सिम्बोलिक रुपमा बाँदरहरुलाई भोजन गराइएको बताए त्यसैगरी बिश्वब्यापी उष्णताका कारण पृथ्वीको पर्यावरण बिग्रदै गएकोले जलबायु परिवर्तन संगै ठुला ठुला संकट निम्तिदै गएकाले पर्यावरण संरक्षणका लागि बृक्षारोपण गरिएको हो। साथै मानव सेवा र मानव बिकासको पुर्वाधार संस्कार सहितको शिक्षा भएकोले बटुकहरुको शैक्षिक यात्रामा सहयोगी बनेको उनको धारणा छ ।
उनले आज रामापिथेकस पार्कमा बृक्षारोपण, सिद्ध बाबा क्षेत्रमा बांदर तथा परेवा भोजन, साझा हस्पिटलमा बिरामीलाई फलफूल बितरण तथा निलकण्ठ बाबा धामका बटुकहरुलाई शैक्षिक सहयोगी बनी जन्मदिन मनाएको शान्ति समाज जिल्ला शाखा सभापति कृष्ण भट्टराईले जानकारी गराए। समाजले सामाजिक काममा सहकार्य गरिरहेको शाखा सचिव कृष्ण पाण्डेले बताए । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)