Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई बन्यो पाँचौं पटक आईपीएल च्याम्पियन

दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई बन्यो पाँचौं पटक आईपीएल च्याम्पियन

  • 2.5K
    SHARES

  • दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई बन्यो पाँचौं पटक आईपीएल च्याम्पियन

    बुटवल,कार्तिक २६-

    मुम्बई इण्डियन्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।

    युएईको दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।

    यससँगै मुम्बईले पाँचौ पटक आईपीएलको उपाधि जितेको छ । मुम्बई पाँच पटक आईपीएल जित्ने पहिलो टिम हो । मुम्बईले यस अघि सन् २०१३,१५,१७ र १९ मा उपाधि चुमेको थियो ।

    मुम्बईले लगातार दोस्रो वर्ष आईपीएलको उपाधि जितेको हो । गत वर्ष समेत मुम्बईले उपाधि जितेको थियो ।पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामा समेटिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology