Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न वीजलाई अझै एक महिना लाग्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न वीजलाई अझै एक महिना लाग्ने

  • 2.6K
    SHARES

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न वीजलाई अझै एक महिना लाग्ने

    बुटवल, कार्तिक १३ ।

    वीज एयरलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरू गर्न अझै एक महिना लाग्ने भएको छ। नेपालमै पहिलो पटक उडान गर्न लागेको वीजले उडानका लागि तयारी गर्न बाँकी रहेकाले अझै समय लाग्ने भएको हो।  

    अपरेशनल सेफ्टी एसिसमेन्ट ओएसएसका लागि अझै केही समय लाग्ने भएकाले वीजले एक महिनापछि मात्र उडान सुरू गर्ने तयारी गरेको नागरिक उड्डयन प्राधिकरणलाई जनाएको छ। 

    वीजको ग्राउन्ड अपरेशनल सेफ्टी, टेक अप ल्यान्डिङ लगायत अपरेशनल सेफ्टी एसिसमेन्ट नभएकाले अझै एक महिना लाग्न सक्ने जानकारी गराएको प्राधिकरणले बताएको छ। यसअघि वीजले आजदेखि उडान सुरू गर्ने तयारी गरेको थियो। युएइको राजधानी आबुधावीबाट भैरहवाका लागि वीजले सातामा तीन उडान गर्न प्राधिकरणबाट अनुमति लिइसकेको छ। 

    वीजले एयरबसको ३२१ निओ सिरिजको विमान सञ्चालनमा ल्याउने तयारीमा छ। एक सय ९० सिट क्षमताको यो जहाजले नेपालमा पहिलोपटक उडान गर्न लागेको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology