बुटवल,भदौ १७ –
रुपन्देहीको भैरहवामा स्थित भीम अस्पताल नवलपरासीकी एक काेराेना संक्रमित महिलाको मृत्यु भएकाे छ ।उपचाररत नवलपरासी पश्चिम परासी ५ की एक ६५ वर्षीय महिलाको मंगलबार राती ९ः४५ बजे अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका अस्पतालले जनाएकाे छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट रेफर भई भैरहवा भीम अस्पतालमा उपचारका लागि भर्ना भएकी ती संक्रमितमा उच्च रक्तचाप, मधुमेहको समस्या रहेको थियो।
बुटवलमा आइसियु बेड खाली नभएर यही भदौ १५ गते उनी भीम अस्पतालमा उपचारका लागि भर्ना भएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए। उनमा १४ गते संक्रमण पुष्टि भएको थियो।
स्वासप्रश्वासमा समस्या भएकोले उनको आइसीयुमा राखेर उपचार भइरहेको थियो। उनको शव अहिले भीम अस्पतालमा रहेको र शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको पोखरेललेले बताए।
अहिले भीम अस्पतालमा ४ जना आइसियुमा, १७ जना सामान्य कोभिड आइशोलेशन बेडमा गरी २१ जना संक्रमित उपचाररत छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)