सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको समय बढ्दै गएपछि ई–पासको व्यवस्था सुरु गरेको छ । अति आवश्यक सवारी साधन सञ्चालनका लागि वाधा नहोस् भन्दै सो पासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
खाद्यान्न ढुवानी, विरामी ओसारपसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाईनमार्फत फारम भरेर सवारी पास लिन सकिने मन्त्रालयले जनाएको छ ।
ई–पास लिनका लागि https://epass.moha.gov.np/ मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)