Logo बिहिवार, आश्विन १ गते २०८३
images

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‍.तोसिमा कार्कीको उम्मेदवारी खारेज

ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‍.तोसिमा कार्कीको उम्मेदवारी खारेज

  • 3.3K
    SHARES

  • ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‍.तोसिमा कार्कीको उम्मेदवारी खारेज

    काठमाडौं,कात्तिक १२  ।

    राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । उनले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी थिइन् ।

    आयोगको शनिबार बसेको बैठकले डा‍. कार्की बहाल रहेको नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको हो ।

    दाबी विरोध गर्ने समय सकिएपछि डा. कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय, ललितपुरमा उजुरी परेको थियो । कार्यालयले सोधेको स्पष्टीकरणमा कार्कीले आफू मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र यो लाभको पद नभएको जिकिर गरेकी थिइन् ।

    कार्यालयले यसबारे निर्णय गर्न आयोगलाई पत्रचार गर्‍यो । आयोगले मेडिकल काउन्सिललाई कार्की बहाल रहेको सदस्य पद लाभको भए नभएको भनेर जानकारी मागेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology