Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिहारको सामान किन्न बुटवलमा उपभोक्ताको भीड  (फोटोफिचर)

तिहारको सामान किन्न बुटवलमा उपभोक्ताको भीड  (फोटोफिचर)

  • 2.0K
    SHARES

  • तिहारको सामान किन्न बुटवलमा उपभोक्ताको भीड  (फोटोफिचर)

    बुटवल,कार्तिक ८ ।

    नेपालीहरुको महान चाड शुभ दीपावलीका कारण बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ । तिहार लागेसँगै बुटवलका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरूको भीड देखिएको हो ।

    बुटवलको अमरपथ, ट्राफिकचोक, बसपार्क, हाटबजार लगायतका क्षेत्रमा सर्वसाधारणको चाप उल्लेख्य छ । बजारमा चहलपहल बढेपछि ब्यापारि खुसी भएका छन् ।

    mala.jpg
    शहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरू सजाइएको देखिन्छ । सप्तरंगी टीका, मखमली माला र सयपत्रीमाला तथा फूलले बजार ढाकिएको छ ।

    तिहारमा प्रयोग हुने सामानहरु मध्ये झिलिमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीका,फलफूल लगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।tihar bazar butwal s.jpg

    लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल रुपन्देहीको बुटवल बजारमा जताततै देख्न सकिन्छ ।

    आज लक्ष्मी पूजा भएकाले नरिवल,सेतो फूल र कमलको फूलको माग अत्याधिक रहेको ब्यापारिको भनाइ छ । बजार घुम्न जानेलाई समेत तिहारको रमझमले आकर्षित बनाएको छ  ।

    tih.jpgbutwal _bazar.jpgtihar bazar butwal a.jpgtihar bazar butwal_ba.jpgtihar bazar butwal shop.jpgtihar bazar butwal pala.jpgtihar bazar butwal s.jpgbutwal _bazar.jpg

    kamal phoo;.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology