बुटवल,कार्तिक ७ ।
लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटीको आयोजनामा कामधेनु गौशाला, देवदहमा ४५५ गौ मातालाई पूजा तथा भोजन कार्यक्रम सम्पन्न भएको छ ।
“हाम्रो संस्कृति हाम्रो पहिचान “भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको र परम्परागत संस्कृति तथा रितिरिवाजलाई सम्मान गरिएको क्लवका अध्यक्ष कमला पन्थले जानकारी दिनुभयो ।
गौशालामै रहेका गाईहरूलाई विभिन्न परिकार खुवाएर गरिएको सो कार्यक्रममा गौशाला सेवारत सबैलाई क्लवको तर्फबाट टिका लगाएर दक्षिणा समेत अर्पण गरिएको थियो ।
तिहारको लक्ष्मीपुजाको अवसर पारेर गरिएको उक्त कार्यक्रम क्लवको वार्षिक एवम् नियमित कार्यक्रम भएको र लायन्स अन्तर्रराष्ट्रियको हङ्गर रिलिफ कार्यक्रमसॅंग जोडिएको क्लवका अध्यक्ष पन्थको भनाइ छ ।
क्लवले यस्ता खाले पुन्य कार्यक्रमहरू गर्ने र विशेष गरी दिदीबहिनीहरू चासोपूर्वक धार्मिक सामाजिक कार्यमा सकृय रहने उहाँको भनाइ छ ।
कार्यक्रममा प्रमुख अतिथि सिनियर डिस्ट्रिक्ट एडभाइजर राधिका भुसाल,विशिष्ट अतिथि डिस्ट्रिक्ट एडभाइजर तथा रिजन चेयरपर्सन सीता भट्टराई र जमुना पाण्डे रहनु भएको थियो भने अतिथिहरूमा जोन चेयरपर्सन अनामिका घिमिरे,गौशाला संरक्षक गुरु योगी सोमराज, डिस्ट्र्क्टि डिपार्टमेन्ट मेम्बर तुलसा न्यौपाने रहनु भएको थियो।
कमला भुसालको संयाजकत्वमा सम्पन्न सो कार्यक्रममा कोषाध्यक्ष लायन पुष्पा सापकोटा लगायत लायन सुमन पछाई, कमला क्षेत्री, मीरा रायमाझी, कमला पाण्डे, शारदा पाण्डे समेतको उपस्थिति रहेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)