Logo मंगलवार, श्रावण १२ गते २०८३
images

इप्रका बुटवलका प्रहरी हवल्दार साहानीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

इप्रका बुटवलका प्रहरी हवल्दार साहानीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • 2.3K
    SHARES

  • इप्रका बुटवलका प्रहरी हवल्दार साहानीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    बुटवल, कात्तिक २५ ।

    चार लाख घुस लिएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र साहानीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले साहानीविरुद्ध विशष अदालतमा मुद्दा दायर गरेको हो। साहानीले एक अभियुक्तलाई धरौटीमा छुटाइदिने भन्दै ४ लाख रुपैयाँ घुस लिएका थिए।

    घुस लिइसकेको अवस्थामा अख्तियारले सियारी गाउँपालिका–७ बाट पक्राउ गरेको थियो।

    अनुसन्धानको क्रममा साहानीले सेवाग्राहीको जातीय विभेद सम्बन्धी मुद्दामा सहजिकरण गरिदीए बापत घुस लिएको पाइएको थियो।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) खण्ड (घ) बमोजिमको जरिवाना र कैद सजाय हुन मागदावी लिई मंगलबार मुद्दा दायर गरिएको हो।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology