Logo बिहिवार, आश्विन १ गते २०८३
images

पत्रकारिताको आलोचनात्मक चेतलाई मर्न नदिँऊ :बिपुल पोखरेल

पत्रकारिताको आलोचनात्मक चेतलाई मर्न नदिँऊ :बिपुल पोखरेल

  • 2.1K
    SHARES

  • पत्रकारिताको आलोचनात्मक चेतलाई मर्न नदिँऊ  :बिपुल पोखरेल

    बुटवल, कार्तिक ६ । 
    पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले अब पत्रकारितामा शुद्धीकरणको आवश्यकता रहेको बताएका छन । नेपाल पत्रकार महासंघ रुपन्देहीको आईतबार बुटवलमा भएको साधरणसभालाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले पत्रकार महासंघले सदस्यता शुद्धिकरणका लागि निर्देशन जारी गरेको बताए ।

    उनले पत्रकारिता पेशा छाडेका, बिस्थापित भएका र अन्य पेशामा गइसकेकाहरुलाई बिदाई गर्न सुरु गर्न महासंघले निर्देशन जारी गरिसकेको बताए । अध्यक्ष पोखरेलले निर्वाचन नजिकै आइसकेकाले पत्रकारिताको आलोचनात्मक चेतलाई मर्न नदिन आग्रह गरे । उनले राजनीतिक दलहरुले पत्रकारहरुलाई प्रयोग गर्ने भएकाले तटस्थाको चिरहरण हुन नदिन सचेत हुनुपर्नेमा जोड दिए । 
    उनले पत्रकारहरुलाई आत्मसमिक्षा गर्दै करेक्सन गर्दै अघि बढ्न समेत आग्रह गरे । पछिल्लो समय लगानीको नाममा  मिडिया कन्टेन्टलाई परास्त गर्न थालिएको बताए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा पत्रकारिताको अध्ययनका लागि बुटवल उपमहानगरले सहकार्य र्न तयार रहेको बताए ।

    उनले बुटवल उपमहानगरपालिकाले यस क्षेत्रमा पत्रकारिताको गुणस्तर वृद्धि गर्नको लागि कामहरु गरिरहेको बताउदै आवश्यक छलफल गर्न तयार रहेको बताए । पत्रकारिता भित्रको मर्म र धर्म भित्र रहेर बिना पुर्वाग्रह समाचार प्रकाशन गर्न समेत उनले आग्रह गरे । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले लोकतन्त्र र मिडिया एक अर्कार्काका परिपुरक भएकाले सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

     सिद्धार्थनगर नगरपालिका प्रमुख ईस्तियाक अहमद खानले पत्रकारहरुले देश बिकासमा पत्रकारको भुमिका निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै सत्य समाचार  निडरताको साथ प्रकाशन गर्न आग्रह गरे । साधरणसभाको उद्घाटनसत्रमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरत पाण्डेले पत्रकारिता क्षेत्रको बिकासको लागि स्थानिय प्रशासन साथमा रहेको बताए ।

    पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डेले समाजले गरेको प्रश्नको जवाफ दिनेगरी काम गर्न पत्रकारलाई आग्रह गरे । उनले निर्वाचनको समयमा राजनीतिक दलले प्रयोग गर्न खोज्ने भएपनी पत्रकारितालाई जिवन्त राख्नुपर्नेमा जोड दिए । 


    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्काले संगठन सुदृढीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए । पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार डा. बालकृष्ण चापागाईंले महासंघ सबै पत्रकारलाई जोड्ने सस्था रहेको बताउँदै नयां पुस्ताको क्षमता अभिबृद्धीमा ध्यान दिन आग्रह गरे ।

    महासंघका पूर्व अध्यक्ष दिपक ज्ञवालीले काठमाडौ बाहिर रुपन्देहीका पत्रकार अब्बल रहेको बताउदै नयाँ जनशक्तिको क्षमता अभिबृद्धीमा ध्यान दिन आग्रह गरे । त्यस्तै कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेर बहादुर केसिले समयानुकूल पत्रकारिताको राशी वृद्धि गर्नको लागि पहल गर्नुपर्ने उल्लेख गरे ।

    उनले महासंघले पुरस्कारको साथ साथै पत्रकारहरुको क्षमता बिकास, स्थायीत्व र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरे । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले सञ्चार क्षेत्रले स्वतन्त्रताको नेतृत्व गरेको बताउदै नागरिक आन्दोलनको प्रतिनिधि गर्ने क्षेत्रलाई मजबुद बनाउनुपर्नेमा जोड दिए।

    अध्यक्ष रामराज पोख्रेलले पत्रकारहरुले आफ्नो आचरण पनि परिवर्तन गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जिसि, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष दधिराम खरेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्षहरु विश्वास ढकाल, अमृता अनमोल लगायतले बोलेका थिए । 

    उद्घाटन सत्रपछिको बन्दसत्रले सचिव बिनोद परियारको सांगठनिक र  कोषाध्यक्ष सञ्जय सौगातको आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै साधरणसभाले १२ बुदे प्रास्ताव समेत पारित गरेको छ । सदस्यता शुद्धिकरण अभियान सञ्चालन गर्ने, पत्रकार र सञ्चार संस्था र समग्र सचार क्षेत्रको सबलीकरण, दुर्घना बिमा, पत्रकारिता अध्ययनका लागि पहल गर्ने जस्ता बिषयहरु साधरणसभाले पारित गरेको छ । अमृता अनमोल, रेखा भुसाल र सरु राना रहेको ३ सदस्यीय प्रस्ताव लेखन समितिले सभामा प्रस्ताव पेश गरेका थिए । 

    उत्कृष्ट पत्रकारिता सहित ९ पत्रकार पुरस्कृत :

    puraskirit.jpeg
    नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्लामा क्रियाशिल ९ जना पत्रकारलाई पुरस्कृत गरेको छ । साधरणसभाको अवसरमा आईतबार बुटवल उपमहानगरपालिकासँग सहकार्य गरि स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार २०७५बाट यानेन्द्र जिसि, २०७६ बाट रामप्रसाद आचार्य र २०७७  बाट रेखा भुसाल पुरस्कृत भएका छन ।

    जिसि दैनिक लुम्बिनीका सल्लाहकार सम्पादक हुन । आचार्य नेपाल प्रेस र दैनिक पत्रमा आबद्ध छन भने भुसाल नागरिक दैनिक लुम्बिनी प्रदेश संयोजक हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रुपमा नगद ५० हजार राशी सहित प्रमाणपत्रले पुरस्कृत गरेका हुन् । 
    यस्तै  सिद्धार्थ नगरपालिकाकासँगको सहकार्यमा स्थापना गरिएको सिद्धार्थ श्रमजीवि पत्रकारिता पुरस्कार २०७६ बाट नरेश केसी, २०७७ बाट प्रकाश न्यौपाने र २०७८ बाट प्रतिक पौडेल पुरस्कृत भएका छन ।

    यो पुरस्कार महासंघका केन्द्रीय अध्यक्ष पोखरेल र सिद्धार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमदले प्रदान गरेका हुन । 
    यसैगरि  बुटवल पब्लिक स्कूलद्धारा स्थापित उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट २०७५ बाट कपिल ज्ञवाली, २०७६ बाट पुजा पन्थी, २०७७ बाट चन्द्रकान्त खनाल पुरस्कृत भएका छन । यो पुरस्कार महासंघका केन्द्रीय अध्यक्ष पोखरेल र पुरस्कारका संस्थापक बुटवल पब्लिक स्कूलका संस्थापक हेमलाल शर्मा भुसालले प्रदान गरेका हुन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology