Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लालसलाम ,जय नेपाल,अभिवादन पनि हामी हौं ! : प्रधानमन्त्री शेरबहादुर देउवा (भिडियो)

लालसलाम ,जय नेपाल,अभिवादन पनि हामी हौं ! : प्रधानमन्त्री शेरबहादुर देउवा (भिडियो)

  • 1.8K
    SHARES

  • लालसलाम ,जय नेपाल,अभिवादन पनि हामी हौं ! : प्रधानमन्त्री  शेरबहादुर देउवा (भिडियो)

    बुटवल,कार्तिक ४ । 

    प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन बचाउनु नै अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।भोलिका दिनमा गठबन्धनकै सरकार बन्ने र अबको दश बीस बर्षनै गठबन्धनबाट अघि बढ्ने समेत उहांको भनाइ छ ।

    शुक्रबार रुपन्देहीको बुटवलमा सत्ता गठबन्धनद्वारा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाले भन्नुभयो-‘पार्टीले यो गठबन्धन बचाउनु अति आवस्यक छ ।

    यसमा कुनै शंका उपशंका गर्ने ठाउँ दिनुहुँदैन ,अझै केही वर्षसम्म नेपालमा समावेशिता, संविधान र गणतन्त्र बचाउन गठबन्धन आवश्यक छ’,‘ गठबन्धनको खिलाफमा एउटा तागत लागिरहेको छ, भन्न थालिसके  राजावादी तागत नै राष्ट्रवादी हो रे ।’
    उनले हामी को अराष्ट्रवादी छौं यहाँ ? भन्दै प्रश्न समेत गर्नुभयो  ।

    ‘लडेर ल्याउने हामी, अनि हामी नै अराष्ट्रिय हुनसक्छ ? त्यसकारण राजावादी राष्ट्रवादी होइनन् । राष्ट्रवादी पनि हामी हौं, लोकतन्त्रवादी पनि हामी हौं, समाजवादी पनि हामी हौं’, प्रधानमन्त्री देउवाको भनाइ छ ।

    उहाले अगाडि भन्नुभयो , ‘लालसलाम पनि हामी हौं, जय नेपाल पनि हामी हौं ।’ अभिवादन पनि हामी हौं । गठबन्धनलाई कुनैपनि बहानामा शंका उपशंका गराउनहुने उहांको भनाइ छ । देउवाले कांग्रेसले सबैभन्दा बढी उदारता देखाएर गठबन्धनलाइ सफल बनाउनुपर्ने बताउनुभयो ।  सभापति देउवाले संविधानको रक्षा प्रमुख काम भएको धारणा राख्नुभयो ।

    ‘साथीहरुले मलाइ सम्मान गरेर प्रधानमन्त्री बनाउनुभएको हो,कांग्रेसको अझै धेरै जिम्मेबारी छ ,गठबन्धन बचाँउन । ’ उहाको भनाइ छ ।

    vela gathabandan.jpg

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology