Logo बुधवार, श्रावण १३ गते २०८३
images

प्रचण्डले बुटवलबाट भने-‘प्रतिगमनकारी र प्रतिक्रान्तिकारी भन्दा नेपाली कांग्रेस धेरै उत्तम’ (भिडियो)

प्रचण्डले बुटवलबाट भने-‘प्रतिगमनकारी र प्रतिक्रान्तिकारी भन्दा नेपाली कांग्रेस धेरै उत्तम’ (भिडियो)

  • 1.5K
    SHARES

  • प्रचण्डले बुटवलबाट भने-‘प्रतिगमनकारी र प्रतिक्रान्तिकारी भन्दा नेपाली कांग्रेस धेरै उत्तम’ (भिडियो)

    बुटवल,कार्तिक ४ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रतिगमन र प्रतिक्रान्तिकारी भन्दा नेपाली कांग्रेस धेरै उत्तम भएको बताएका छन् ।

    शान्ति सम्झौता गर्दा नै कांग्रेस-माओवादीले एकअर्कामा भोट हालिसकेको भन्दै प्रचण्डले अहिले गठबन्धनमा भोट दिन सकिन्न भन्ने विषय कुनै मानेमा उपयुक्त नभएको बताए ।

    सत्ता गठबन्धनकाे लुम्बिनीस्तरीय प्रशिक्षण भेलामा प्रचण्डले भने-‘प्रतिगमन र प्रतिक्रान्तिकारी भन्दा नेपाली कांग्रेस धेरै उत्तम हो, नेपालका सबै उपलब्धि कांग्रेससँग मिलेर भएका छन्, यसको अवस्थालाई बुझौं’।

    ‘प्रतिगमनकारी गठबन्धन रोज्ने कि लोकतन्त्र, गणतन्त्र र लोकतन्त्र जोगाउने गठबन्धन रोज्ने भन्ने फैसला मंसिर ४ गते हुनेछ’, प्रचण्डले भने । गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधव नेपाल नभएको भए शान्ति सम्झौता नहुने भन्दै उनले गठबन्धनले चुनावपछि पनि निरन्तरता पाउने बताए । यो निर्वाचन ठूलो राजनीतिक लडाइँ भएको बताएका छन् ।

    प्रचण्डले भने, ‘करिब दुईतिहाइको बहुमत पाएको सरकारबाट संविधान उल्टाउने र १७ साल फर्काउने खतरा भएकोले हामीले यो गठबन्धन बनाएका हौं ।’

    ओली सरकारविरूद्व पार्टीभित्र लड्ने प्रयास गरेको भन्दै प्रचण्डले मंसिर ४ मा त्यो विषय सम्झन कार्यक्तालाई आग्रह गरे ।

    नेता दाहालले गणतन्त्र र लोकतन्त्रविरूद्व भएको षड्यन्त्र प्रयासलाई पराजित गरेको र त्यो अबको चुनावबाट सफल हुनेवाला भएको जिकिर गरे । 

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology