Logo बिहिवार, आश्विन १ गते २०८३
images

गठबन्धनको उम्मेदवार विरूद्व लाग्ने छुट कसैलाई छैन : रामचन्द्र पौडेल

गठबन्धनको उम्मेदवार विरूद्व लाग्ने छुट कसैलाई छैन : रामचन्द्र पौडेल

  • 2.0K
    SHARES

  • गठबन्धनको उम्मेदवार विरूद्व लाग्ने छुट कसैलाई छैन : रामचन्द्र पौडेल

    बुटवल,कार्तिक ४ ।

    नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन चुनावी तालमेल मात्र नभएर देश जोगाउने अभियान भएको बताएका छन् ।

    पाँच दलको गठबन्धनले देश जोगाउन, सुशासन ल्याउँछ, स्थायित्व ल्याउँछ, यसको विकल्प छैन, सत्ता गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षणमा बाेल्दै नेता पौडेलले भने ।

    अहिले गठबन्धन देशभक्त र राजावादीहरूको बीचमा भएको उनले बताए । अग्रगामी शक्ति र प्रतिगमनकारी शक्ति बीचको लडाई अहिलेको चुनाव हो, संविधान माथि धावा बोल्नेलाई पराजित गर्न गठबन्धन भएको हो, नेता पौडेलले भने ।

    गठबन्धनको उम्मेदवार विरूद्व लाग्ने छुट कसैलाई छैन यो सहमति अक्षरशः पालना गरेर जानू पर्दछ, सत्ता होइन व्यवस्था बचाउन अहिले ५ दलको गठबन्धन हो यही सन्देश लिएर आफ्नो क्षेत्रमा जानुहोस्, उनले कार्यकर्तालाई निर्देशन दिँदै भने ।

    गठबन्धन भएकाले सबैले स्थान नपाएकोमा नठुस्किन उनको आग्रह थियो ।

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology