बुटवल,कार्तिक ४ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले तीनै तहमा गठबन्धनका सरकार बनाएर देशलाई स्थायित्व दिनुपर्ने र नेपालीको यसमै भरोसा गरेको बताएका छन् ।
गठबन्धनका कारण धेरै नेताहरूले त्याग गर्नुपरेको उनले बताए ।
आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनले गरेको आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षणलाइ सम्बाेधन गर्दै उनले गठबन्धनको सहमति कार्यान्वयन गर्नका लागि सबै दलबाट यस्तो गर्नुपरेको उनले बताए ।
संविधानको रक्षा गर्न र गठबन्धन कार्यान्वयन गर्न सबैले सहमति पालना गर्नुपर्ने खाणले बताए ।
नेपालका सबै उपलब्धि सहमति र सहकार्यमा पूरा भएको स्मरण गर्दै सबै क्षेत्रमा विजयी गराउन सबै नेता कार्यकर्तालाई उनको निर्देशन थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)