Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्री देउवाद्वारा बुटवलमा सत्ता गठबन्धनको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

प्रधानमन्त्री देउवाद्वारा बुटवलमा सत्ता गठबन्धनको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

  • 2.1K
    SHARES

  • प्रधानमन्त्री देउवाद्वारा बुटवलमा सत्ता गठबन्धनको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

    बुटवल,कार्तिक ४ ।

    बुटवलमा सत्ता गठबन्धनको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रशिक्षण उद्घाटन गर्नुभएको हो । 

    आगामी मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै सत्ता गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुरु गरेको छ ।प्रशिक्षणलाई सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

    दिउँसो २ बजेदेखि बुटवलको योगीकुटीमा हुने प्रशिक्षणलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताले सम्बोधन गर्ने कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिनुभयो ।

    गठबन्धनको केन्द्रीय संयन्त्रले तोकेबमोजिम हुन लागेको निर्वाचन केन्द्रित प्रशिक्षणमा गठबन्धनमा आवद्ध दलका प्रदेशमा रहेका केन्द्रीय, प्रदेश र जिल्ला कमिटिका पदाधिकारीको सहभागिता छ ।

    यी समाचार पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology