बुटवल, कात्तिक २५ ।
देशभर पछिल्लो २४ घण्टामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ ।
नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ । नेपालमा गत २४ घण्टामा २७३६ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ९६० जनाको पीसीआर परीक्षण गर्दा २७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नेपालमा आजसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् ।काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३३ जना संक्रमित भएका छन् । काठमाडौंमा १ हजार १४१, भक्तपुरमा ८६ र ललितपुरमा १९३ जना संक्रमित भए ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५३ जना डिस्चार्ज भएका छन् ।
अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ रहेको छ । नेपालमा निको हुनेको दर ८० प्रतिशत रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)