Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा मसाल फुट्यो,महासचिवमा शन्तबहादुर नेपाली चयन,मोहनविक्रम र चित्रबहादुर निस्कासित !

नेकपा मसाल फुट्यो,महासचिवमा शन्तबहादुर नेपाली चयन,मोहनविक्रम र चित्रबहादुर निस्कासित !

  • 2.2K
    SHARES

  • नेकपा मसाल फुट्यो,महासचिवमा शन्तबहादुर नेपाली चयन,मोहनविक्रम र चित्रबहादुर निस्कासित !

    बुटवल,कार्तिक ३ ।

    नेकपा मसालको एक समुहले विशेष महाधिवेसन आयोजना गरि नयाँ पार्टी मोटो मशाल (नेकपा मशााल) घोषणा गरेको छ ।  सो पार्टी औपचारिक रुपमा विभाजित भएको हो ।

    उक्त पार्टीबाट विद्रोह गरेर अलगिएको समूहले विशेष महाधिवेशन गरेर पार्टीको नाम र नेतृत्व परिवर्तन गरेको छ । विशेष महाधिवेसनका निर्णय बिहीबार बुटवलमा सार्वजनिक गर्दै उक्त समूहले मसालका महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पार्टीबाट निस्कासित गरिएको बुटवलमा बिहिबार पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पार्टीको नाममा मोटो ‘श’ प्रयोग गर्दै नेकपा मशाल राखिएको मशालका महासचिव शन्तबहादुर नेपालीले बताउनुभयो ।

    विशेष महाधिवेशनले शन्तबहादुर नेपालीलाई नेकपा मशालको महासचिव चयन गरेको छ । पार्टी प्रमुखलाई महामन्त्री पदावली दिँदै आएको मशालले अबदेखि महासचिव प्रयोग गर्ने मशालले जनाएको छ । पार्टी नेतृत्वले दक्षिणपन्थी नीतिको अभ्यास गर्दै आठौ पार्टीलाई विसर्जनतर्फ लगेकाले आफूहरुले अर्को निर्णय गर्नुपरेको नेकपा मशालका महासचिव नेपालीले बताउनुभयो ।

    ‘पार्टीभित्रका क्रान्तिकारीहरुले लामो समयदेखि नेतृत्वका गलत नीति सच्याउन गरेको प्रयास मसालको नेतृत्वले नसुनेकाले सातौँ महाधिवेशनको कार्यदिशालाई अगाडि बढाउन विद्रोहबाहेक अन्य विकल्प थिएन’, उहाले भन्नुभयो । नेपाली नेतृत्वको मशालले विचार र राजनीतिमा समान भएका पक्षसँग एकीकरण तथा ध्रुवीकरणका लागि पहल गर्ने जनाएको छ ।

    मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने :

    महासचिव नेपालीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द ’विप्लव’समूहबाट विभाजित नेकपा बहुमतसँग मिल्न सकिने पोलिटब्युरो सदस्य कृष्ण पौडेलले  बताउनुभयो ।

    मशालले आगामी मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने जनाएको छ । कात्तिक महिनाभर बहिष्कार आन्दोलनको कार्यक्रम तय भएको नेपालीले जानकारी दिनुभयो । तर भविष्यका चुनाव उपयोग पनि गर्न सकिने भन्दै त्यसका लागि दक्षिणपन्थी संशोधनवादसँग कार्यगत एकता मात्र गर्न सकिने मशालले जनाएको छ ।

    विशेष महाधिवेशनले नेपालीलाई महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको ३५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ भने १५ सदस्यीय सल्लाहकार समिति तथा २ सय जनाको राष्ट्रिय परिषदसमेत गठन गरिएको मसालले बताएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology