Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही क्षेत्र नं २ : राजु गुरुङको रिट बुधबार हेर्न भ्याइएन

रुपन्देही क्षेत्र नं २ : राजु गुरुङको रिट बुधबार हेर्न भ्याइएन

  • 1.3K
    SHARES

  • रुपन्देही क्षेत्र नं २ : राजु गुरुङको रिट बुधबार हेर्न भ्याइएन

    बुटवल,कार्तिक २ ।

    रुपन्देही क्षेत्र नं २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिट सर्वोच्चले पेशी तोकेपनि बुधबार सुुनवाइ नहुने भएको छ।न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याउने सर्वोच्चले जनाएको छ। 

    यसअघि नै अल्पकालिन अन्तरिम आदेश जारी गरेको सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न बुधबार तोकेको थियो। अन्तरिम आदेशको टुंगो नलागेसम्म यसअघिको अल्पकालिन आदेशले नै निरन्तरता पाउँछ। 

    सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको थियो। यस्तै निर्वाचन आयोगलाई ७ दिन भित्रमा म्याद थाम्न नपाउने गरी लिखित जवाफ पेश गर्न भनेको छ। 

    निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

    बैंकिङ कसुरमा दोषि ठहर भइ सजाय भुक्तान नगरेका गुरुङ कालोसूचीमा रहेको भन्दै आयोगले उम्मेदवारी खारेजको निर्णय गरेको थियो। जिल्लाले दोषी ठहर गरेको यो मुद्दा हाल सर्वोच्चमा विचाराधीन छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology