बुटवल,कार्तिक २ ।
तिहारका लागि सार्वजनिक एउटा गीत हो, यसै रमाइलो । तिहारै आएसी यसै रमाइलो, झिलिमिली बत्तिले देशै रमाइलो ।
गायक एवं सर्जक अर्जुन सापकोटाले आइतवार आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ‘यसै रमाइलो’ बोलको तिहार गीत सार्वजनिक गरेका हुन् । तिहार आएपछि यसै रमाइलो हुने कुरा गरिएको गीतका शब्दहरू यज्ञ सापकोटाले कोरेका हुन् । अर्जुन सापकोटाले ती शब्दहरूमा संगीत भर्नुका साथै स्वर समेत दिएका हुन् ।
गीतलाई एरेन्ज भने सुनिल परियारले गरेका छन् । गीतमा ग्रुप स्वर भने यज्ञ सापकोटा र श्रीधर अधिकारीले दिएका हुन् । भिडियोमा गायक अर्जुन स्वयं प्रस्तुत छन् ।
जेरी भण्डारीको निर्देशन रहेको भिडियोमा अर्जुनका साथमा यज्ञ सापकोटा, सन्तोष सापकोटा, क्रिष्टल सापकोटा, बादल घिमिरे, टंक डुम्रे, श्रीधर अधिकारी लगायत पनि देखिएका छन् । करन चैसिरको छायाँकन रहेको भिडियो सुजन कोइरालाको सम्पादनपछि सार्वजनिक भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)