Logo बिहिवार, आश्विन १ गते २०८३
images

सन्दीप लामिछानेविरुद्ध तेस्रोपटक चार दिनको म्याद थप

सन्दीप लामिछानेविरुद्ध तेस्रोपटक चार दिनको म्याद थप

  • 1.5K
    SHARES

  • सन्दीप लामिछानेविरुद्ध तेस्रोपटक चार दिनको म्याद  थप

    बुटवल,कार्तिक २ ।

    प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अनुसन्धान गर्न तेस्रोपटक चार दिनको म्याद पाएको छ । बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पुनः म्याद थप्न बुधबार जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

    सन्दीपविरुद्ध दोस्रोपटक हिरासतमा राख्न अदालतसँग लिइएको पाँच दिनको अनुमति मंगलबार सकिए पनि सार्वजनिक बिदा परेकाले आज म्याद थपिएको हो ।

    अनुसन्धान गर्न थप समय आवश्यक भएकाले हिरासतमा राख्न अनुमति मागिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

    प्रहरी वृत्त, गौशालाबाट उनीविरुद्धको मुद्दाको अनुसन्धान अगाडि बढाइएको छ । एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology