Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा ३ महिनामा २७ लाख १८ हजार रुपियाँ भेटी सङ्कलन

लुम्बिनीमा ३ महिनामा २७ लाख १८ हजार रुपियाँ भेटी सङ्कलन

  • 2.4K
    SHARES

  • लुम्बिनीमा ३ महिनामा २७ लाख १८ हजार रुपियाँ भेटी सङ्कलन

    बुटवल,असोज ३१।

    अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा चालु आर्थिक वर्षको तीन महिनामा २७ लाख १८ हजार रुपियाँ भेटी सङ्कलन भएको छ । लुम्बिनी विकास कोषले आइतबार र सोमबार गरी दुई दिनसम्म आन्तरिक तथा बाह्य पर्यटकबाट दानपेटिकामा सङ्कलन भएको भेटी गणना गरिएको हो । 

    पहिलो दिन १० लाख ८१ हजार रुपियाँ, दोस्रो दिन सोमबार १६ लाख ३६ हजार रुपियाँ गरी २७ लाख १८ हजार रुपियाँ भेटी बापत दान सङ्कलन भएको  लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले नागरिक अनलाइनलाई जानकारी दिनुभयो । 

    कोषाध्यक्ष भट्टराईको नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाको उपस्थितिमा आइतबार दानपेटिका खोलिएको थियो । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको भेटीको २४ जनाको टोलीले गणना गरेको थियो । तीन दिन लाग्ने अनुमान गरिए पनि दुई दिनमै भेटिको गणना सकिएको कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।

    सिसिटिभी क्यामेरा जडान गरी गणनालाई पारदर्शी बनाइएको कोषले जनाएको छ । यसअघि गत असार १९ गते दानपेटिका खोलिएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रूपमा दानलाई लिने गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology