Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डिस्कस थ्रोमा लुम्बिनीकी संगिता अधिकारीले जितिन् पहिलाे स्वर्ण

डिस्कस थ्रोमा लुम्बिनीकी संगिता अधिकारीले जितिन् पहिलाे स्वर्ण

  • 1.5K
    SHARES

  • डिस्कस थ्रोमा लुम्बिनीकी संगिता अधिकारीले जितिन् पहिलाे स्वर्ण

    बुटवल,असाेज ३१ ।

    पोखरा रंगशालामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत डिस्कस थ्रोमा लुम्बिनी प्रदेशकी संगिता अधिकारीले स्वर्ण पदक जितेकी छन् । 

    पुरुषतर्फ त्रिभुवन आर्मी क्लवका चित्रबहादुर वली रले ३८.४८ मिटर थ्रो गरेर स्वर्ण जितेका हुन् । ३२.७५ मिटर थ्रो गरेका नेपाल पुलिस क्लबका पुस्कल खड्काले रजत र ३१.१० मिटर थ्रो गरेका सुदूरपश्चिमका हेमन्त पालले कांस्य पदक जिते ।

    यस्तै महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले ३५.१० मिटर थ्रो गरेर स्वर्ण जितेकी छन् । संगीताले जितेको स्वर्ण लुम्बिनी प्रदेशको पहिलो स्वर्ण हो ।

    एपीएफकी जितकुमारी महतोले ३३.६० मिटर थ्रो गर्दै  रजत र त्रिभुवन आर्मीकी मिलन बुढा मगरले ३२.३५ मिटर थ्रो गर्दै कांस्य पदक जितेको खेलकुद परिषद लुम्बिनी प्रदेश सदस्य सचिव जयप्रकाश भट्टराइले नागरिक अनलाइनलाई बताए ।

    शारीरिक सुगठन प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ पदक :

    यसैगरि नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत १७ औं राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ पदक जितेको छ। सुनिल आलेले ६० केजी तौल समूह कास्य पदक, नबराज डुम्रेले ६५ केजी तौल समुहमा रजत, बिजेन्द्रमान श्रेष्ठले ७० केजी तौल समूहमा कास्य पदक जितेका हुन।

    आईतबार पाँच बिधासम्पन्न भएको छ भने बाकि सोमबार ५ बटा विधा का खेलहरु हुनेछन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology