Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देही-२ का उम्मेदवार राजु गुरुङका पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश (पूर्णपाठ)

रुपन्देही-२ का उम्मेदवार राजु गुरुङका पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश (पूर्णपाठ)

  • 3.8K
    SHARES

  • रुपन्देही-२ का उम्मेदवार राजु गुरुङका पक्षमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश (पूर्णपाठ)

    बुटवल,असाेज ३० । 

    सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

    आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल  इजलासले सो आदेश दिएको हो ।  अदालतले अन्तरिम आदेशका लागि दुबै पक्षलाई कात्तिक २ गते  छलफलका लागि समेत बोलाएको छ ।

    एकीकृत समाजवादी पार्टीका नेतासमेत गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उम्मेदवारी खारेज गरिदिएको थियो । तर, गुरुङले भने आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभई आफू सेयर सदस्य रहेको संस्था मात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । 

    निर्वाचन निर्देशिकामा कालोसूचीमा परेको व्यक्ति उम्मेदवार बन्न नसक्ने कुरा उल्लेख छ । तर, आफू कालोसूचीमा नपरेको र निर्देशिका समेत ऐनसँग बाझिएको भन्दै गुरुङले आफ्नो उम्मेदवारी कायम रहनुपर्ने तर्क गर्दै रिट निवेदन दर्ता गराएका थिए ।

    निर्वाचन अधिकृतको कार्यालयले गरेको उम्मेदवारी खारेजको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरी उम्मेदवारी कायम राख्न पर्ने गुरुङको माग छ ।

    अन्तरिम आदेशबारे छलफल गर्न कात्तिक २ गतेको पेसी तोकेको छ ।

    आदेश हेर्नुस् :-received_422382036639637.jpegreceived_1446568349156182.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology