Logo बिहिवार, आश्विन १ गते २०८३
images

विधिविधान नमान्ने ओली ज्ञानेन्द्रभन्दा पनि निरंकुश :घनश्याम भुसाल

विधिविधान नमान्ने ओली ज्ञानेन्द्रभन्दा पनि निरंकुश :घनश्याम भुसाल

  • 2.1K
    SHARES

  • विधिविधान नमान्ने ओली ज्ञानेन्द्रभन्दा पनि निरंकुश :घनश्याम भुसाल

    बुटवल,असोज ३०।

    रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व राजा ज्ञानेन्द्रभन्दा पनि निरंकुश भएको टिप्पणी गरेका छन् । 

    आइतबार रुपन्देहीको धकधइमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता भुसालले भने, ‘ओलीले पार्टीको विधान मिच्ने, संविधानलाई पनि कुल्चने जस्ता काम गरे, विधिविधान नमान्ने ओली ज्ञानेन्द्रभन्दा पनि निरंकुश भए ।’

    उनले ओलीको जवरजस्तीपन र व्यक्तिवादी प्रवृत्तिले एमालेमा विचलन आएको उल्लेख गरे । पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर गएर ओलीले काम गरेकाले पार्टीमा समस्या उत्पन्न भएको उनले तर्क गरे । पटकपटक संसद विघटन गरेर ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसविरुद्ध आफूले पार्टीमा संघर्ष गरेको भुसालले उल्लेख गरे । संसदलाई प्रहार गरेर लोकतन्त्रलाई खतरामा पार्ने काम ओलीले नै गरेको उनको भनाई थियो । सत्तारुढ गठबन्धनका दलबाट पनि समर्थन पाएका नेता भुसालले यो गठबन्धन लोकतन्त्र जोगाउनेहरूको गठबन्धन भएको चर्चा गरे । 

    मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन क्षेत्र नं १ मा आफूहरूले जितिसकेको पनि उनले उद्घोष गरे । उनले भने, ‘चुनाव अघि पनि जित्न सकिन्छ, हामीले चुनाव जितिसकेका छौं ।’ चुनावी माहोल अनुसार आफ्नो टिमले चुनाव सजिलै जित्ने उनले दाबी गरे । 

    कार्यक्रममा प्रदेश सभाका उम्मेदवारद्वय अब्जुल रज्जाक र विश्वनाथ यादवले पनि चुनाव आफूहरूले सहजै जित्ने दाबी गरे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology