बुटवल,असाेज ३० ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई जिताउने गरी निर्वाचन प्रचारमा लाग्न तरुण दललाई निर्देशन दिएका छन् । उनले पार्टीको युवा संगठन तरुण दलका सभापति विद्वान गुरुङलाई पार्टीलाई जिताउन निर्देशन दिएका हुन् ।
आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा देउवाले गुरुङले भेटी युवाहरूलाई व्यवस्थित ढंगले परिचालन गर्न निर्देशन दिए । भेटमा तरुण दलका सभापति गुरुङले नजिकिँदै गएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सम्पूर्ण तरुण शक्ति परिचालित गर्ने देउवासँग प्रतिबद्धता जनाएका थिए ।
तरुण सभापति गुरुङले केही दिनभित्रै आफू देश दौडाहामा निस्किने र हरेक निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवार जिताउन रणनीतिसहित अघि बढ्ने देउवालाई जानकारी गराएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)