बुटवल,असोज ३० ।
नेपाल विद्यार्थी संघका नेता प्रदिप घर्तिले आफ्नो जन्मदिनमा मानव सेवा आश्रममा बलाङ्केट वितरण गरेर जन्मदिन मनाएका छन् ।
सो कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष तथा कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले जन्मदिनको अवसरमा अनावश्यक खर्च गर्नु भन्दा जन्म दिनमा गर्ने खर्च सबैले सामाजिक कार्यमा खर्च गर्नु राम्रो हुने बताए ।
यस्तै नेपाली कांग्रेसका युवा नेता विष्णु पोखरेलले प्रदिप घर्तिले जस्तै आफ्नो जन्म दिनमा अनावश्यक खर्च नगरेर सामाजिक कार्यमा खर्च गर्न सबैले सिक्नु पर्ने बताए ।
बुटवल उपमहानगरपालिका प्रवक्ता शिव रानाले जन्मदिन दिन मनाउने खर्चले मानव सेवा आश्रममा बलाङ्केट वितरण गरेको धन्यवाद दिँदै सबैलाई सामाजिक कार्य गर्न यसले प्रेरणा दिने बताए । जन्मदिनमा फचुल खर्च गर्नु भन्दा सामाजिक कार्य गर्नु उचित हुने भएकाले मानव सेवा आश्रममा बलाङ्केट वितरण गरेर जन्मदिन मनाएको विद्यार्थी नेता घर्तिले बताए । युवा नेता घर्तिले आफ्नो हरेक जन्मदिनमा गर्ने खर्च सामाजिक कार्यमा खर्च गर्दै आइरहेका छन् ।
कार्यक्रममा नेपाल मगर विद्यार्थीसँघका केन्द्रिय सदस्य मनिष फाल, नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रिय सचिव तेजबहादुर राना, नेपाल मगर बिद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य प्रेम सोमै, लुम्बिनी प्रदेश समिति अध्यक्ष चित्र रोका लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल मगर विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष रमेश सारुको संचालनमा सम्पन्न भएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)