Logo बिहिवार, आश्विन १ गते २०८३
images

जजिराले चारदिनसम्म यात्रु नबाेक्दा गाैतमबुद्ध बिमानस्थलमा २ सय जना अलपत्र !

जजिराले चारदिनसम्म यात्रु नबाेक्दा गाैतमबुद्ध बिमानस्थलमा २ सय जना अलपत्र !

  • 4.3K
    SHARES

  • जजिराले चारदिनसम्म यात्रु नबाेक्दा गाैतमबुद्ध बिमानस्थलमा २ सय जना अलपत्र !

    बुटवल,असोज २८ ।

    भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट जजिरा एयरले चारदिनसम्म यात्रु  नबोक्दा  २०० यात्रु अलपत्र परेका छन् । भैरहवा हुदैँ साउदी, कतार र दुबइ जान टिकट लिएका करिब २ सय यात्रु बिमानस्थलमै अलपत्र परेका हुन् ।

    एयरले साउदी, कतार र दुबइ जाँदा कुवेत ट्रान्जिट हुदै लैजाने गरेकोमा कुबेत र ओमनका यात्रु मात्रै बोकेको हो ।  बिमानस्थलमा अलपत्र परेका महेश अधिकारीले जजिराले चारदिनदेखि अलपत्र पारेपछि दु:ख  पाएको नागरिक अनलाइनस‌ंग बताए । 

    उनले भने-‘ हामी यहाँ अलपत्र छौँ,हामी अधिकांश राेजगारीका लागि साउदी, कतार र दुबइ जाने छाैँ,समयमै बिदेश नपुगे भिसाको म्याद सकिन्छ,हामीलाइ मिडियाले न्याय दिनुपर्यो ।’

    bharthari yadav.jpg

    पाल्पाबाट दुबइ हिँडेका नारायण न्यौपाने,चनौटाबाट दुबइ हिँडेका शान्तराज गौतम,कपिलबस्तुबाट कतार हिँडेका अब्दुल रहमन,नारायणघाटबाट साउदी जान लागेका सञ्जोग लामाले अलपत्र परेको गुनासो गरे । 

    जजिरा एयरले भने खराब मौसमको कारण उडान नभरेको दाबी गरेको छ ।

    yatru.jpg

    aii.jpg

     

    air.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology