Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भैरहवाको थप विकासका लागि चारैतिर चक्रपथ बनाउँछाैँ : गृहमन्त्री बालकृष्ण खाँण

भैरहवाको थप विकासका लागि चारैतिर चक्रपथ बनाउँछाैँ : गृहमन्त्री बालकृष्ण खाँण

  • 2.2K
    SHARES

  • भैरहवाको थप विकासका लागि चारैतिर चक्रपथ बनाउँछाैँ  : गृहमन्त्री बालकृष्ण खाँण

    भैरहवा,असोज २९ । 

    गृहमन्त्री बालकृष्ण खाँणले सिद्धार्थनगर नगरपालिका (भैरहवा)को चारैतिर चक्रपथ निर्माण गरिने बताएका छन् ।

    रुपन्देही-३ मा  सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका काँग्रेस केन्द्रीय सदस्य खाँणले भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हालको भैरहवा बजारले मात्र यहाँको आवश्यकता पूरा गर्न नसक्ने बताउँदै यस क्षेत्रको विकासका लागि भैरहवाको चारैतिर चक्रपथ निर्माण गरिने बताए ।

    उनले चक्रपथका लागि छिट्टै नै डिपिआर तयार गरिने र ५ वर्ष भित्र तयार गर्ने गरि काम गरिने बताए । हालको भैरहवा बजार सघुँरो छ । र, यसको विस्तारमा चक्रपथले सहयोग पुर्‍याउने छ । 

    उनले आमनागरिकको उन्नती-प्रगतिको लागि योजना ल्याउन सरकार प्रतिवद्ध रहेको जानकारी दिए । यश क्षेत्रमा रुपन्देहीको मात्र नभई जिल्ला बाहिरका युवाहरुलाई पनि रुपन्देहीमा रोजगारीको व्यवस्थाको वातावरण बनाउने भन्दै आमनागरिकको उन्नति प्रगतिका योजना ल्याउने बताए ।

    आगामी निर्वाचन निष्पक्ष ढंगले सम्पन्न गराउन र जनताले रोजेको उम्मेदवार विजयी गराउन वातावरण बनाउनका लागि सरकार प्रतिवद्घ रहेको उनले बताए ।

    उनले बेलहियामा आईसीपी निर्माणका लागि नेपाल तर्फ जग्गा भएपनि भारत तर्फ पनि जग्गाको व्यवस्थापन र आईसिपी निर्माणका लागि आफुले केही दिन अघि नै भारतीय राजदुतसगँ सकारात्मक छलफल भएको बताए । छलफलमा भारतीय राजदुतले छिट्टै नै आईसिपी निर्माण प्रराम्भ हुने प्रतिवद्घता व्यक्त गरेको बताए ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको क्रममा गौतमबुद्घ अन्तराष्ट्रिय विमानस्थलका लागि सकारात्मक छलफल भएको र पश्चिमी भु-भागको अन्तराष्ट्रिय उडानका लागि अविलम्ब रुट प्रदान गर्न भारतसगँ उनले आग्रह गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै उनले भैरहवा भीम अस्पतालमा विज्ञ सेवाका साथै अत्याधुनिक बनाइने बताए । ‘पहिला भीम अस्पतालमा प्रस्तुति सेवा पनि थिएन, अहिले छ , तर अब हामीले यसलाई अत्याधुनिक अस्पताल बनाउने छौँ, उनले भने, -अस्पतालमा आएका विरामी रिफर नगर्नु पर्ने गरी अस्पतालबाट सेवा प्रदान गर्ने बनाउँछौँ ।’

    bk khad.jpg

    रुपन्देहीमा अन्यपार्टी छाडेर ११२ जना युवा कांग्रेस प्रवेश,गृहमन्त्री खाँणले गरे स्वागत

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology