Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यलाइ

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यलाइ

  • 2.5K
    SHARES

  • विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यलाइ

    बुटवल,कार्तिक २४-

    नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यले पाएका छन्। तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै रिक्त स्थानमा शाक्यलाई जिम्मेवारी दिइएको हो। 

    शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ’ बाट प्राधिकरणमा फिर्ता बोलाएर यो जिम्मेवारी दिइएको छ। शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइरालाबाट यो जिम्मेवारी खोसिएको छ। 

    ऊर्जामन्त्री वर्षमान पुनले गत शुक्रबार शाक्यको काज फिर्ता गराउन कोइरालालाई निर्देशन दिएका थिए। कोइरालाले आइतबार शाक्यलाई काज फिर्ताको पत्र दिएका थिए। 

    ऊर्जा मन्त्रालय सम्बद्ध अधिकारीहरूका अनुसार मन्त्री पुनले शाक्यलाई कार्यकारी निर्देशक बनाउने गरी प्राधिकरणमा फर्काएका हुन्। भदौ २८ गते घिसिङ बाहिरिएसँगै प्राधिकरण नेतृत्वविहीन भएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology