Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिनाउ खोलाले बगाएका अर्यालको शव बेतहनीमा भेटियो

तिनाउ खोलाले बगाएका अर्यालको शव बेतहनीमा भेटियो

  • 3.7K
    SHARES

  • तिनाउ खोलाले बगाएका अर्यालको शव  बेतहनीमा भेटियो

    बुटवल,असोज २९ ।

    बुटवलको तिनाउ खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । बुटवल उपमहानगरपालिकाको ११ मजुवामा खोला तर्ने क्रममा स्थानीय ३५ वर्षीय डिल्लीराज अर्याल बेपत्ता हुनुभएको हो ।

    पुलभन्दा तलपट्टी रहेको ड्याम नजिकैबाट पारि लुम्बिनी प्रादेशिक अस्पतालतर्फ आउँदै गर्दा खोलाको भेलले बगाएका अर्यालको शुद्धोधन गाँउपालिकाको बेतहनी भन्ने स्थानमा शव फेला परेको स्थानीय जनप्रतिनिधि युवराज रानाले बताउनुभयो ।

    शव फेला परेपछि परिवारजनको रोहबरमा शव पोष्टमार्टम प्रकृयामा रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले बताउनुभयो । बुटवल ११ सिरानगाउ मजुवा ३ नं. टोलमा घर रहेका अर्याल १४ बर्षकी छोरी अनिषा,१२ बर्षका छोरा अनुप र पत्नी पुष्पा अर्यालसंगै बस्दथे ।

    अर्याल दम्पत्तीको लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथमा  व्यवसाय छ ।

    tinau kholaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology