Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा जन्मिएका नागरिकलाई अनागरिक बनाउँनुहुँदैन :गृहमन्त्री बालकृष्ण खाँण

नेपालमा जन्मिएका नागरिकलाई अनागरिक बनाउँनुहुँदैन :गृहमन्त्री बालकृष्ण खाँण

  • 1.8K
    SHARES

  • नेपालमा जन्मिएका नागरिकलाई अनागरिक बनाउँनुहुँदैन :गृहमन्त्री बालकृष्ण खाँण

    बुटवल,असाेज २८ ।

    गृहमन्त्री बालकृष्ण खाँणले नेपाली बाबुुआमाबाट जन्मिएका सन्तानलाई नागरिकता दिन बिधेयक ल्याइएको प्रष्ट पार्नुुभएको छ ।

    उहाँले बाहिर हल्ला भएजस्तो बिदेशी र अंगिकृतलाई नागरिकता दिनका लागि बिधेयक नल्याएको उल्लेख गर्दै यसलाई गलत प्रचारप्रसार गरी अनावश्यक राजनीतिकरण गर्न खोजिएको जिकिर गर्नुभएको छ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं ३ प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार समेत रहनुुभएका मन्त्री खाँणले शुक्रबार भैरहवामा वडास्तरका प्रचारप्रसार कार्यालयहरु  उद्घाटन गर्दै बिधेयले मुलुकलाई फिजी, सिक्किमीकरण गर्छ भन्ने जस्ता अफहवा फैलाउनुु राष्ट्रियता कमजोर पार्नुु बाहेक अरु उद्देश्य नरहेको समेत बताउनुुभयो ।

    नेपालमा जन्मिएका नागरिकलाई अनागरिक बनाउने जो कसैको प्रयास सफल हुन नसक्ने र गतल प्रचारका बिरुद्ध सबै सचेत हुन पनि उहाँको आग्रह थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology