Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश ५ बाट बुटवलका अन्तराष्ट्रिय खेलाडी सुरजले जिते स्वर्ण पदक

प्रदेश ५ बाट बुटवलका अन्तराष्ट्रिय खेलाडी सुरजले जिते स्वर्ण पदक

  • 4.2K
    SHARES

  • प्रदेश ५ बाट बुटवलका अन्तराष्ट्रिय खेलाडी सुरजले जिते स्वर्ण पदक

    बुटवल,भदौ १६  । 

    नेपाल तेक्वान्दो संघ अन्तर्गत काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजना गरिएको प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगिता सकिएकाे छ । 

    प्रदेश ५ बुटवलका अन्तराष्ट्रिय खेलाडी सुरज श्रेष्ठ स्वर्ण पदक जित्न सफल भएका छन । चार दिन अघि पठाइएको भिडियोको नतिजा प्रकाशित भए अनुसार उक्त प्रतियोगितामा ३१–४० उमेर समुह अन्तर्गत बुटवलमा माउन्ट एभरेष्ट एकेडेमी संचालन गरेका श्रेष्ठले ६ जना प्रतिस्पर्धीलाई पछी पर्दै स्वर्ण हात पारेका हुन ।

    साथै बुटवलका अर्का खेलाडी बिकास उदय अन्नपूर्ण सेकेन्डरी स्कुल ले ४१ माथिको उमेर समुहमा कास्य पदक तथा दाङबाट सुनिता बिष्ट अल्फा तेक्वान्दो डोजाङले पनि १८–३० उमेर समुहमा कास्य पदक जित्न सफल भएका छन ।

    पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धा समावेश गरिएको दुई दिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष अशोक खड्काले बताए ।

    उक्त प्रतियोगितामा अन्तराष्ट्रिय निर्णायकहरु अशोक खड्का, मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology